आइतबार विदा दिने निर्णयबाट पछि हट्यो सरकार,असार १ गतेबाट शनिवार मात्रै विदा
काठमाडौं । सरकार असार १ गतेदेखि दुई दिन बिदा दिने व्यवस्थाबाट पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्ने निर्णय गरेसँगै सरकारपछि हटेको हो ।
नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले इन्धन खपत कम गर्न परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू गरेको थियो । तर, सो निर्णय प्रभावकारी नदेखिएपछि सरकार सो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।
सोमबार मात्र दुई दिन बिदा दिने निर्णय विरुद्ध अदालतमा रिटसमेत परेको थियो । दुई दिन विदा दिँदा प्रशासनिक अफ्ठ्याराहरु आएको र अस्पतालहरुमा समेत भीडभाड बढेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।
नेपालमा दुई दिने विवाद कार्यान्वयनमा जटिलता आएपछि सरोकारवालहरुले आइतबारको विदा कटौति गर्न दबाब दिँदै आएका थिए । सोहीबमोजिम आइतबारको विदा हटाउने निर्णय भएको बताइएको छ ।
असार १ गतेदेखि अब आइतबार विदा हुने छैन। साता विदा शनिबारमात्र हुनेछ । गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख
ट्याग : #आइतबार विदा, #दुई दिन बिदा दिने व्यवस्था, #मन्त्रिपरिषद्
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्