रोकियो मन्त्रीपरिषद पुर्नगठन,थमौती भए प्रेम आले, रामकुमारी झाक्री,बिरोध खतिवडा र किसान श्रेष्ठ
काठमाडौं । अव मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गराएका छन् । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । सो निर्णयपछि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चाबीच गठबन्धनका शीर्ष नेताहरुले केही समय पर्खने निष्कर्षमा पुगेको बताइएको छ ।
मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतसँग छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट बजेट पारित हुनै बाँकी रहेको, लोसपा लगायतका दलसँगपनि छलफल भइरहेको तथा केही आन्तरिक तयारी गर्नुपर्ने लगायतका कारण देखाउँदै केही समय पर्खिदिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए ।
आइतबार हटाउने निर्णय गरिएका नेकपा एकीकृत समाजवादीका चार जना मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आलेमगर र किसान श्रेष्ठले प्रधानमन्त्री देउवासँग मन्त्रीबाट हटाएको विषयमा गुनासो गरेका थिए । उनीहरुले बजेटको बारेमा संसदमा छलफल भइरहेको छ, त्यसको जवाफ दिन बाँकी नै रहेको भन्दै नयाँ मन्त्रीलाई मन्त्रालयगत बजेटको बारेमा केही थाहा नहुने भएकाले संसदमा जवाफ दिनसमेत कठिन हुने बताएका थिए ।
एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्री बनाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको थियो । पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएकाहरुको समयावधी नाघेको भन्दै बैठकमा समीक्षा हुँदा वहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भएको थियो । तर, अन्तिम समयमा आएर रोकिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा, #मन्त्रिपरिषद्, #सत्ता साझेदार दल
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्