तारा एयरको खोजी जारी, चालक दलका तीनसहित २२ जना सवार(नामावली सहित)
काठमाडौं । पोखराबाट जोमसोमका लागि तेस्रो उडान भरेको तारा एयरको ९ एन–एईटी कलसाइनको जहाज मुस्ताङको घाँसा क्षेत्रमा दुर्घटनामा परेको आशंका गरिएको छ ।
९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको जहाज ४ भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रुसहित लेतेपास क्षेत्रबाट सम्पर्कबिहिन भएपछि दुर्घटनाको आशंकासहित खोजी कार्य जारी राखिएको छ ।
उडान भर्दैगर्दा टिकट काटेका को को थिए त ?
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, वैभवी बाण्डेकर, युवी विल्नर र मिक ग्रायट सवार थिए ।
विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सह–चालकका रुपमा उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा चालकदल सदस्यका रुपमा रहेका थिए । विमान सम्पर्कबिहिन भएको क्षेत्रमा स्थानीयले ठूलो आवाज सुनेको र आगोको मुस्लो समेत देखेको बताएपनि उद्धार टोली घटनास्थलमा नपुगेकाले आधिकारिक पुष्टि हुन सकेको छैन ।
पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #जोमसोम, #पोखरा विमानस्थल, #मुस्ताङको घाँसा क्षेत्र
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्