सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, स्वदेशी उत्पादन तथा उपभोग अभिबृद्धि दशक मनाउने
ग्यासको खपत कम गर्न बिजुलीको महसुल घटाइने

काठमाडौं । सरकारले उत्पादन उत्पादकत्व र रोजगारी वृद्धिलाई पहिलो प्राथमिकता दिएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । कृषि, उर्जा, पर्यटन लगायतका माध्यमबाट उत्थानशिल अर्थतन्त्रको निर्माण गर्ने नीति सरकारको छ । सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट आर्थिक विकास गर्न सरकारका नीति कार्यक्रम लक्षित हुने छ । बजेट कार्यान्वयनमा शुसासन कायम गरिने सरकारी स्पष्टोक्ति छ ।स्वदेशी उत्पादन प्रवर्धन गर्न उत्पादन तथा उपभोग अभिबृद्धि अभियान दशकको पनि घोषणा गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गर्दै उत्पादनशील अर्थतन्त्रलाई आत्मसात गर्ने नीति लिएको बताएकी हुन् । उत्पादन र उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना, गरिबीको दरमा कमी, संघीयता सुदृद्धिकरणलाई पहिलो प्राथमिकतामा राखेर सरकारको नीति तथा कार्यक्रम आएको छ ।
अर्थतन्त्रका समग्र संरचना सुधार गर्ने योजनाहरु ऋगाडि बढाउने नीति सरकारले लिएको छ । कृषि, उर्जा, पर्यटन लगायतका माध्यमबाट उत्थानशिल अर्थतन्त्रको निर्माण गरिने राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन् । ठूला आयोजनाबाहेक अन्य आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिने सरकारको नीति छ । नेपालीले विदेशमा सिकेको सिपलाई स्वदेशमा उपयोग गर्न नीति लिने भन्दै सरकारले तीनै तहको बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्ने उल्लेख गरेको छ ।
उत्पादनशिल र रोजगारी दिने क्षेत्रमा कर्जा प्रवाह सहज बनाइने, पूाजीबजारमा उत्पादनशिल क्षेत्रको विकास गरी नियामक निकायको क्षमता विस्तार गर्ने, गरिब र विपन्न परिवारलाई परिचयपत्र व्यवस्था गरी विशेष सुविधा दिइने, कृषिलाई आर्थिक वृद्धि र रोजगारी वृद्धिको लागि प्रमुख क्षेत्र बनाइने सरकारी भनाइ छ । कृषकको संरक्षण र कृषि उपजको बजारको व्यवस्था मिलाइने नीति सरकारको छ । सरकारले निजी क्षेत्रसँग मिलेर आर्थिक विकास गर्ने नीति, कार्यक्रम लक्षीत हुने स्पष्ट पारेको छ ।
आगामी आर्थिक वर्षमा २२ हजार २ सय हेक्टरमा थप सिंचाइ सुबिधा उपलब्ध गराउने नीति सरकारको छ । नेपाली उद्योग नेपालमै रोजगार, आफ्ना उद्योग आफ्नै व्यापार भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिने सरकारी भनाइ छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने गरी पुनर्रसंरचना गर्ने सरकारी योजना छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निजी क्षेत्र, #नीति तथा कार्यक्रम, #सरकारले उत्पादन
तपाईको कमेन्ट लेख्नुहोस्