चिदिकाका वडाध्यक्ष काजीबावू ज्ञवालीले दिए मतदातालाई धन्यवाद
अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिका १ चिदिकाका नवनिर्वाचित वडाअध्यक्ष काजी बाबू ज्ञवालीले स्थानीय तहको निर्वाचनमा सहभागि सबै मतदातालाई धन्यवाद दिएका छन् । उनले निर्वाचन सम्पन्न गराउन साथ दिने कर्मचारी र आफूलाई जिताउने मतदातालाई धन्यवाद दिएका हुन् ।

उनले आफनो प्रतिबद्धता अनुसार चिदिकाको विकास मोडेलमा दिनरात खटिने प्रतिबद्धता पनि जनाएका छन् । ज्ञवालीले चिदिकाको शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि चिदिकाबासी लाई धन्यवाद दिँदै आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरेका छन् ।
मतदाताहरुले निर्वाचनमा आफ्नो मताधिकारको सदुपयोग गर्दै आफ्नो अमुल्य मत प्रदान गरेकोमा सबैलाई धन्यवाद पनि दिएका छन् । निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न वैदेशिक मुलुक, भारत प्रवास, काठमाडौं र बुटवल लगायत देशका विभिन्न भागमा बसोवास गरेका मतदाताहरु चिदिकाको मतदान केन्द्रमा उपस्थित भई मतदान गरेर आफू र प्यानललाई विजयी गराएकोमा उनले आभार ब्यक्त गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #चिदिकाका, #वडाअध्यक्ष काजी बाबू ज्ञवाली
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्