चिदिकाका वडाध्यक्ष काजीबावू ज्ञवालीले दिए मतदातालाई धन्यवाद
अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिका १ चिदिकाका नवनिर्वाचित वडाअध्यक्ष काजी बाबू ज्ञवालीले स्थानीय तहको निर्वाचनमा सहभागि सबै मतदातालाई धन्यवाद दिएका छन् । उनले निर्वाचन सम्पन्न गराउन साथ दिने कर्मचारी र आफूलाई जिताउने मतदातालाई धन्यवाद दिएका हुन् ।

उनले आफनो प्रतिबद्धता अनुसार चिदिकाको विकास मोडेलमा दिनरात खटिने प्रतिबद्धता पनि जनाएका छन् । ज्ञवालीले चिदिकाको शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि चिदिकाबासी लाई धन्यवाद दिँदै आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरेका छन् ।
मतदाताहरुले निर्वाचनमा आफ्नो मताधिकारको सदुपयोग गर्दै आफ्नो अमुल्य मत प्रदान गरेकोमा सबैलाई धन्यवाद पनि दिएका छन् । निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न वैदेशिक मुलुक, भारत प्रवास, काठमाडौं र बुटवल लगायत देशका विभिन्न भागमा बसोवास गरेका मतदाताहरु चिदिकाको मतदान केन्द्रमा उपस्थित भई मतदान गरेर आफू र प्यानललाई विजयी गराएकोमा उनले आभार ब्यक्त गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #चिदिकाका, #वडाअध्यक्ष काजी बाबू ज्ञवाली
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्