स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना १३ जनाको मृत्यु
काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुलअर्खलबासमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । भित्रि सडकमा ग २ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको हो ।
यस्तै १२ जना घाइते भएका छन् । सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । घटनापछि प्रहरी अधिकृत सहितको टोली खटिई गई घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ । गम्भीर अवस्थामा रहेका १ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जीप दुर्घटना, #स्याङ्जाको वालिङ
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्