Techie IT
  • १९ असार २०८२, बिहीबार
KhojPatrika

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना १३ जनाको मृत्यु


काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुलअर्खलबासमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । भित्रि सडकमा ग २ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको हो ।

यस्तै १२ जना घाइते भएका छन् । सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । घटनापछि प्रहरी अधिकृत सहितको टोली खटिई गई घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ । गम्भीर अवस्थामा रहेका १ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जीप दुर्घटना, #स्याङ्जाको वालिङ

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं