लोभ, लालच, आश्वासन वा दबाबमा नपरी मतदान गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कसैको लोभ, लालच, आश्वासन वा दबाबमा नपरी विवेकपूर्वक मतदान गर्न आग्रह गरेका छन् । बिहिबार निर्वाचन आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तको आधारमा मतदान गर्न उनले आग्रह गरेका हुन् ।
‘लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो,’ निर्वाचनको पूर्व सन्ध्यामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तमार्फत निर्देशित भई कसैको लोभ लालच, आश्वासन वा अन्य कुनै दबाबमा नपरी विवेकको मत सही ठाउँमा सही तरिकाले प्रयोग गर्न हार्दिक आह्वान गर्दछु ।
’ थपलियाले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने तयारी पूरा भइसकेको बताए । मतदान सम्पन्न भएपछि सुरक्षित तरिकाले पुर्याउने र तत्काल मतगणना गर्ने तयारी समेत भएको जानकारी दिए । निर्वाचन लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम भएकाले मतदान कार्यलाई सफल बनाउन समेत आग्रह गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आश्वासन, #कसैको लोभ, #प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, #लालच
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्