लाक्पा शेर्पा आफ्नै रेकर्ड ब्रेक गर्दै १० औं पटक पुगे सगरमाथा शिखरमा
काठमाडौं । संखुवासभाकी ४८ वर्षीया लाक्पा शेर्पा १० औं पटक सगरमाथाको चुचुरोमा पुगेकी छन् । २०७५ जेठ २ गते तिब्बततर्फको उत्तरी मोहोडाबाट नवौं पटक सगरमाथा आरोहण गरेकी लाक्पाले दशौँ पटकको रेकर्ड बनाउँदै बिहिबार बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पाइला राखेकी हुन ।
लाक्पासहित चार शेर्पा र एक अमेरिकी आरोहीले समेत सगरमाथा चुचुरो टेकेका थिए । लाक्पा सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्वकै एक्लो महिला हुन् । तीन सन्तानका साथ हाल अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी लाक्पाले पछिल्लो वर्ष आफ्नै रेकर्ड ब्रेक गरिरहेकी छिन् ।
यसअघि उनलाई नवौं पटक सगरमाथा आरोहण गर्दा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टनले शुभकामना सन्देश दिएकी थिइन् । २६ वर्षको उमेरमा २०५७ जेठ ५ गते पहिलोपटक सगरमाथा आरोहण गरेकी लाक्पा हरेक वर्ष ‘विश्वभरका महिला पुरुष भन्दा कम छैनन भन्ने नारा लिएर आरोहणमा सहभागि हुनेगरेकि छिन । यो वर्ष उनी यहि आरोहणका लागि अमेरिकाबाट नेपाल आएकी थिइन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #१० औं पटक सगरमाथा, #लाक्पा शेर्पा, #सगरमाथा आरोहण
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्