Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

लाक्पा शेर्पा आफ्नै रेकर्ड ब्रेक गर्दै १० औं पटक पुगे सगरमाथा शिखरमा


काठमाडौं । संखुवासभाकी ४८ वर्षीया लाक्पा शेर्पा १० औं पटक सगरमाथाको चुचुरोमा पुगेकी छन् । २०७५ जेठ २ गते तिब्बततर्फको उत्तरी मोहोडाबाट नवौं पटक सगरमाथा आरोहण गरेकी लाक्पाले दशौँ पटकको रेकर्ड बनाउँदै बिहिबार बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पाइला राखेकी हुन ।

लाक्पासहित चार शेर्पा र एक अमेरिकी आरोहीले समेत सगरमाथा चुचुरो टेकेका थिए । लाक्पा सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्वकै एक्लो महिला हुन् । तीन सन्तानका साथ हाल अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी लाक्पाले पछिल्लो वर्ष आफ्नै रेकर्ड ब्रेक गरिरहेकी छिन् ।

यसअघि उनलाई नवौं पटक सगरमाथा आरोहण गर्दा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टनले शुभकामना सन्देश दिएकी थिइन् । २६ वर्षको उमेरमा २०५७ जेठ ५ गते पहिलोपटक सगरमाथा आरोहण गरेकी लाक्पा हरेक वर्ष ‘विश्वभरका महिला पुरुष भन्दा कम छैनन भन्ने नारा लिएर आरोहणमा सहभागि हुनेगरेकि छिन । यो वर्ष उनी यहि आरोहणका लागि अमेरिकाबाट नेपाल आएकी थिइन् ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #१० औं पटक सगरमाथा, #लाक्पा शेर्पा, #सगरमाथा आरोहण

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं