स्थानीय तहको निर्वाचनका दिन मानवीय उद्धार, सहायता र सरकारको निर्देशनमा मात्रै उडान
काठमाडौं । वैशाख ३० गते शुक्रवार स्थानीय तह चुनावको मतदानका कारण आन्तरिक उडान बन्द हुने भएका छन् । निर्वाचन आयोगको निर्णयअनुसार ३० गते सबै नियमित उडान बन्द रहने वायु सेवा सञ्चालक सङ्घ नेपालले जानकारी दिएको हो ।
मतदानको दिन भएपनि मानवीय उद्धार, सहायता उडान र सरकारको निर्देशनमा हुने उडान भने सञ्चालन हुने बताइएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले ३० गते देशभर सार्वजनिक गाडी र हवाई यातायात बन्द गर्ने निर्णय गरेको छ ।
निर्वाचनका कारण अन्तर्राष्ट्रिय उडान भने नरोकिने र विमानस्थल आउ जाउका लागि यात्रुलाई प्रमुख जिल्ला अधिकारीले समन्वय गरेर सहजिकरण गर्ने बताइएको छ । मतदानको समयमा हुने यस्ता प्रतिबन्धात्मक व्यवस्थालाई सरकारले चुनावका नियमित प्रक्रियाका रुपमा बुझेर सहयोग गर्न सबैलाई आह्वान गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अन्तर्राष्ट्रिय उडान, #आन्तरिक उडान बन्द, #स्थानीय तह चुनाव
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्