Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

नेपाल रेडक्रसका पूर्वसंयोजक नेत्रप्रसाद तिम्सिनाले नै गरे कार्यालय तोडफोड (भिडियो सहित)


काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा तोडफोड भएको छ । परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीका पूर्व संयोजक डाक्टर नेत्रप्रसाद तिम्सिनाले नै कार्यालयमा तोडफोड गरेको भिडियो बाहिरिएको छ । उनले केही सहयोगी लिएर नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय सोल्टीमोडमा तोडफोड गरेका हुन् । तोडफोडबाट ५० हजारको क्षति भएको बताइएको छ । हुनत् तिम्सिनाले नेपाल रेडक्रसमा आफू नभए नरसँहार गरिदिन्छु भनेर २०७७ पौष ९ गते गोदावरीको एक होटलको कार्यक्रममा बताएका थिए ।

उनले आफु रेडक्रसमा नरहने भएपपछि नेपाल रेडक्रस सोसाइटीको अन्तराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीको सदस्यता निलम्बन गराउने अभियानमा लागेर सोसाइटीको पदाधिकारी कर्मचारी, नेपाल सरकारका मन्त्रालयहरु, कर्मचारीहरुलाई अबहेलनाको मुद्धा हालेर दुख र अवरोध सिर्जना गरिरहेको रेडक्रसप्रेमीले बताएका छन् । तिम्सिना एनजिओ फेडेरेसनको महासचिव र अध्यक्षसमेत भईसकेको व्यक्तिले यस्तो चरित्र देखाएपछि सबै रेडक्रसप्रेमी आश्चार्यमा परेका छन् ।

तोडफोड संलग्न ललितपुर जिल्ला शाखाका सभापति बाबुराजा महर्जन र डा. तिम्सिनाले नेपाल रेडक्रस सोसाइटी कर्मचारी संघको अध्यक्ष माथि दुब्र्यवहार समेत गरेका थिए । तिमिल्सीनासँगै बाबुराज मर्हजन, रामेश्वर थापा, हरिगोविन्द महर्जन र काठमाडौं महानगरपालिका १९ वडाका अध्यक्ष विनोद ताम्राकार तोडफोडमा सहभागि भएका थिए । अध्यक्षको कार्यकक्षमा रहेको महत्वपूृर्ण उपहारमा बेलायतका अधिकाराजकुमारी लेडी डयानले दिएको हिरा जडित उपहार समेत लिएर गएको बुझिएको छ ।

पूर्वअध्यक्ष डाक्टर तिम्सिनाको नेतृत्वमा लतिपुर जिल्ला शाखाका सभापति बाबुराजा महर्जन, ललितपुर जिल्ला शाखाका कोषाध्यक्ष हरि गोविन्द महर्जन, विनोद ताम्राकार वडा अध्यक्ष १९, मिनभवन उपशाखाका सभापति मोहनबहादुर पराजुली, भक्तपुर झौखेल उपशाखाका पूर्वसभापति रामेश्वर थापाले तोडफोड, लुटपाटमा संलग्न भएको सिसी टिभी फुटेज बाहिरिएको छ । तिमिल्सीना पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा २०७७ श्रावण १२ गते नियुक्त भएका थिए ।

१८ महिने म्याद समेत समाप्त भइसकेपछि मन्त्री परिषदले सुर्दशनप्रसाद नेपालको अध्यक्षतामा २९ सदस्यीय समिति बनेको थियो । तर, यो विषय सर्बोच्च अदालतमा गएपछि दुबै नेपालले काम गर्न पाएका छैनन् । आफनो कार्यकाल सकिदा समेत तिम्सिना भने रेडक्रसमा अनेक फण्डा गरेर रेडक्रसलाई नै समाप्त पार्ने खेलमा लागेको रेडक्रसप्रेमीले बताउदै आएका छन् ।




क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, भिडियो, राजनीति, समाचार
ट्याग : #कार्यालयमा तोडफोड, #डाक्टर नेत्रप्रसाद तिम्सिना, #नेपाल रेडक्रस सोसाइटी, #परोपकारी संस्था

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं