चितवन र पोखरा कांग्रेस नेतालाई पार्टीको निर्णय मान्न देउवाको निर्देशन
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकामा कांगेस भित्रै खटपट उत्पन्न भएपछि सभापति शेरबहादुर देउवाले सक्रियता देखाएका छन् । दुवै महानगरपालिकामा चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धन भित्रै समस्या देखिएपछि सभापति देउवाले आफनो दल भित्रको विवाद हल गर्न अग्रसरता लिएका हुन ।
उनले आज चितवन र कास्की कांग्रेसका नेताहरुसंग छलफल गरी पार्टीको निर्णय स्वीकार गर्न निर्देशन दिएका छन । पार्टीले गर्ने निर्णय आफूहरुका लागि मान्य हुने चितवन कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए । यस्तै, सभापति देउवाले कास्कीमा उत्पन्न समस्याबारे पनि त्यहाँका सभापति किशोरदत्त बरालसंग छलफल गरेका छन ।
सोमबार गठबन्धनको बैठक बसेर स्थानीय तहको भागवण्डाबारे छलफल गरिरहेको वेला नेपाली कांग्रेसका कास्कीका दुई जना सचिवले संयुक्त विज्ञप्ति जारी गरी नेकपा एकीकृत समाजवादीलाई गठबन्धनमा नराखिएको बताएका थिए । कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायत नेता छलफलमै रहेको वेला एकाएक गठबन्धन टुटेको विज्ञप्ति आएपछि विवाद उत्पन्न भएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कांगेस भित्रै खटपट, #पोखरा महानगरपालिका, #भरतपुर महानगरपालिका
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्