ललितपुर महानगरको २८ वडाको अध्यक्षमा कांग्रेसबाट महर्जनको दाबेदारी

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न राजनितिक दलका नेताहरुले आफनो दावेदारी प्रस्तुत गरिरहेका छन । त्यस्तै, ललितपुर महानगरपालिका वडा नम्बर २८ को अध्यक्षमा विरेन्द्र महर्जनले दाबी गरेका छन् । यतिबेला महर्जन चुनावी प्रचार प्रसारका लागि जनताको घरदैलोमा पुगिरहेका छन् ।
विगत १७ वर्ष अघि देखि नै आफुले वडा अध्यक्ष पदका लागि तयारी गरिरहेको र यस पटक जसरी पनि आफनो उम्मेद्वारी सर्वसम्मत हुनेमा आफु विस्वस्त रहेको महर्जनले खोज पत्रिका अनलाइनलाई बताए । नेपाली काग्रेस ललितपुर क्षेत्र नम्बर ३ क का प्रदेश सभापति समेत रहेका महर्जन युवाहरु माझ लोकप्रिय भएको बताइन्छ । आफु युवा पुस्तादेखि पाको पुस्तासम्मको भावनालाई समेटेर अघि बढ्न सक्ने भएकाले पार्टीले टिकट दिए हरिसिद्धीमा नेपाली काग्रेसलाई जिताउछु भन्ने विश्वासका साथ वडा अध्यक्षमा दावी गरेको महर्जनको दाबी छ ।
ललितपुर महानगरपालिका भईकन पनि हरिसिद्धी २८ मा विकासमा देखिएको ढिलासुस्ती हटाउने, संस्कृति सभ्यताको जगेर्ना साथै जनताहरुको आर्थिक सामाजिक स्थर माथि उकास्ने आफ्नो चुनावी एजेण्डा भएको महर्जन बताउछन् । हरिसिद्धीलाई आर्थिक सामाजिक पर्यटकीय हबको रुपमा बिस्तार गर्दै नमुना वडा बनाउनु आफनो पहिलो प्राथमिकता हुने उनको भनाई छ । महर्जन यसअघि नेपाली काग्रेस हरिसिद्धीको सभापति समेत भएका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राजनितिक दल, #वडा अध्यक्ष, #विरेन्द्र महर्जन
तपाईको कमेन्ट लेख्नुहोस्