भारतको मुम्बइमा एक्स–ई नामको कोरोनाको अर्को भेरियन्ट पुष्टि
काठमाडौं । भारतको मुम्बइमा एक्स–ई नामको कोरोनाको अर्को भेरियन्ट पुष्टि भएको छ । मुम्बइका स्वास्थ्य अधिकारीहरुले एक्स–ई भेरियन्ट फेला परेको बताएका हुन । उनीहरुले कप्पा नामको अर्को भेरियन्ट पनि फेला परेको बताएका छन् ।
मुम्बइ कोरोना टाक्स फोर्सका डाक्टरले नयाँ भेरियन्ट पुष्टि हुँदैमा आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् । एक जना विदेशी महिलामा उक्त संक्रमण पुष्टि भएको तर उनी पूर्णतःनिको भएर आफ्नो देश फर्किएको चिकित्सकहरुले बताएका छन ।
परीक्षणका क्रममा गत महिना युरोपेली देशहरु र चीनमा तीब्र गतिमा फैलिएको कप्पा भेरियन्ट पनि फेला परेको मुम्बइका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
एक्स–ई भेरियन्ट बीए टु भेरियन्ट भन्दा बढी संक्रामक हुन सक्ने चिकित्सकहरुको आशंका छ । यता, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भने नयाँ भेरियन्टको विषयमा अहिले नै यकिन रुपमा बताउन नसकिने भन्दै त्रसित नहुन भनेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अर्को भेरियन्ट पुष्टि, #भारतको मुम्बइ, #मुम्बइ कोरोना
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्