युरोपियन युनियनले थप प्रतिवन्ध लगाएसंगै युक्रेनको पूर्वी क्षेत्रमा रुसी आक्रमण तीव्र
काठमाडौं । रुसले युक्रेनको पूर्वी क्षेत्रमापुनः आक्रमण तीव्र पारेको छ । युक्रेनी चार शहरमा युद्ध अपराध गरेको भन्दै युरोपेली संघले रुसमाथि प्रतिवन्ध कडा पार्ने घोषणा गरेपछि रुसी फौजले आक्रमण बढाएको हो ।
डोन्चास क्षेत्रमा रुसले स्वतन्त्र राष्ट्र घोषणा गरेका दोनेत्स्क र लुहान्स्क पृथकतावादीहरुको नियन्त्रणमा छन । आक्रमणबाट थुप्रै माानिसहरुको ज्यान गएका रिपोर्टहरु प्राप्त हुन थालेका छन । रुसी फौजले आक्रमणका दौरान बालबालिका तथा महिलामाथि यौन हिंसा समेत गरिरहेको युक्रेनले जनाएको छ ।
अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी, विदेशमन्त्री संगेई ल्याभरोस र वरिष्ठ सरकारी अधिकारीमाथि प्रतिवन्ध लगाएको छ । रुसमा नयाँ लगानी माथि समेत प्रतिवन्ध लगाइएको अमेरिकाले जनाएको छ । त्यस्तै, रुसी वित्तिय संस्थाहरु र वरिष्ठ अधिकारीका परिवारमाथि समेत प्रतिवन्ध लगाइएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #युक्रेन, #रुसी आक्रमण
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्