डिल्लीबजार मालपोतमा आगो लाग्यो कि लगाइयो,खरानी भए महत्वपूर्ण कागजात
काठमाडौं । काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयमा आगलागी भएको छ । बुधबार करिब ९ बजे आगलागी भएको बताइएको छ ।

आगलागीबाट मालपोत कार्यालयका २ सय वटा फाइल पूरै तथा आंशिक जलेर नष्ट भएको मालपोत कार्यालय डिल्लीबजार प्रमुख टुनाबहादुर श्रेष्ठले बताए । विद्युत सर्ट भई आगलागी भएको दाबी श्रेष्ठले गरे । उनले विद्युत सर्ट भई मालपोत कार्यालयको कोठाका स्वीच समेत जलेर आगलागी भएको र फाइलहरु जलेको दाबी गरेका छन् ।

बिद्युत सर्ट भएर आगलागी हुँदा त पूरै घर जल्नुपर्ने भन्दै सेवाग्राहीले प्रश्न उठाएका छन् । उनीहरुले कुनै जग्गाका फाइलमा कुनै मिलेमतो गर्नका लागि आगलागी गरिएको आशंका समेत गरेका छन् । कोठाबाट आगलागी भएर धुवाँ आएको देखिएपछि साथीहरुले थाहा पाएर फायर फाइटरले अगो निभाइको श्रेष्ठले दाबी गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डिल्लीबजार मालपोत कार्यालय, #फाइल पूरै तथा आंशिक जलेर नष्ट
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्