Techie IT
  • २७ भदौ २०८२, शुक्रबार

देशभर प्रदूषण उच्च भएसंगै काठमाडौं बन्यो बिश्वकै तेस्रो प्रदु्षणयुक्त शहर, डढेलोका कारण झन् समस्या


काठमाडौं । देशभर प्रदूषण बढेको छ । वायुमण्डलीय सतहमा प्रदूषण तैरिएर बस्दा काठमाडौं उपत्यकालाई तुवाँलोले ढाक्न थालेको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरको हावा सोमबार अस्वस्थकर बन्न पुगेको छ । यसबाट मावन स्वास्थ्यमा प्रतिबुल असर पुग्नसक्ने हुदा सतर्कता अपनाउन विज्ञहरुले सचेत गराएका छन् । करिब ३ तीन भयो राम्रो सगं घाम लागेको छैन् । आकाशमा तुपाँलोले ढाकेको छ ।

विज्ञहरुका अनुसार अहिले बायुप्रदुण अत्यधिक बढेको छ । उच्च वायु प्रदुषणका कारण काठमाडौं वायु अस्वस्थ भएको छ । न बर्षातनै हुन सकेको छ न त हावा नै चल्न सकेको छ । हावा नचल्दा बातावरणमा प्रदुषण उच्च भएको छ । खासगरि यो मौसममा देशका बिभिन्न भागमा डेढेलो लाग्ने हुदाँ समेत बातावरण प्रदुषण झनै बढेको छ । यसबाट स्वास्थ्यमा पर्नेसक्ने प्रतिकुल असरबाट बच्नुपर्ने विज्ञको सुझाव छ ।

वायु गुणस्तर सूचक(एक्यूआई)को अवस्था अनुसार काठमाडौं अहिले विश्वकै तेस्रो वायुप्रदुषणयुक्त शहर बनेको छ । मंगलबार बिहान काठमाडौंको एक्यूआई १ सय ६३ रहेको छ । बातावरण बिभागका प्रबक्ता शंखरप्रसाद पौडेलले डढेलोको कारण प्रदुषण बढेको बताउदै साबधानि अपनाउन आग्रह गरेका छन् ।

बिपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लादिनमा देशभर अत्याधिक मात्रामा डढेलोका घटना बढेका छन् । प्राधिकरणका अनुसार आइतबार ८४ स्थान सोमबार १६ स्थान तथा मगंलबार ७६ स्थानमा आगोलागिका घटना भएका छन् । यसबाट हुन सक्ने संम्भावित घटनाप्रति आफहुरु सचेत रहको प्राधिकरणका प्रबक्ता डिजान भट्टाराई बताउछन् ।

मौसममा भएको गडबढीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण समेत प्रभावित भएका छन् । कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । गत वर्ष चैतदेखि मसान्तसम्म काठमाडौं प्रदूषणले ठूलो समस्या बनाएको थियो ।

यो वर्ष गर्मीयाममा आइतबारबाट फेरि प्रदूषण बढ्न थालेको हो । साथै मगंलबार साझबाट पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #देशभर प्रदूषण, #वायुमण्डलीय सतह

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं