रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण सुरू गरेको एक महिना पूरा, लगातारका वार्ता असफल
काठमाडौं । रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण सुरू गरेको एक महिना पूरा भएको छ । गत फेब्रअरी २४ तारिखमा रुसी सेना युक्रेनी सिमानाभित्र छिरेर आक्रमण सुरू गरेका थिए । रुसको तुलनामा निकै कमजोर ठानिएको युक्रेनमाथिको आक्रमण एक महिनाबित्दा रुसका लागि महंगो पर्ने देखिएको छ ।
युद्ध अन्त्य हुने कुनै संकेत देखिनुको सट्टा पश्चिमा देशहरुको सहयोगमा युक्रेन झन कठोर रुपमा लडिरहन प्रतिवद्ध देखिएको छ । एक महिनाको रुसी आक्रमणमा करीब ३५ लाख युक्रेनीहरु देश छाडेर युरोपमा शरणार्थी बन्न पुगेका छन् भने देशभित्रै विस्थापित हुने संख्या ६५ लाखमाथि रहेको छ । आक्रमणबाट युक्रेनमा ठूलो क्षति पुगेको छ ।
थुप्रै युक्रेनी शहरहरु भग्ना वशेषमा परिणत भएका छन् । विशेष गरी दक्षिणी शहर मारिउपलमा सवैभन्दा ठूलो क्षतिपुगेको छ । युक्रेनभित्रका लगभग सवै आणविक भट्टीहरु रुसी सैनिकको कब्जामा पुगेका छन् । रुसी सेनाको ठूलो संख्या राजधानी किएभ नजिकै अड्डाजमाएर बसेको छ । तर रुसी सेनाले कीभ कब्जामा लिन सकेको छैन । त्यसो त खर्सोन शहर बाहेक अन्य शहर रुसी कब्जा मागएका छैनन् ।
युद्धमा युक्रेनका सयौं सैनिक मारिएका छन् भने हताहत हुने सर्वसाधारणको संख्या पनि उल्लेख्य छ । रुसी सेनातर्फ पनि उल्लेख्य क्षति पुगेको अनुमान गरिएको छ । तै पनि यो युद्ध कहिले र कसरी अन्त्य हुन्छ भन्ने अनुमान गर्न मुस्किल हुन थालेको छ । अमेरिका सहित नाटो गठबन्धनका देशहरुले युक्रेनमा देखिने गरी सैनिक नपठाए पनि उनीहरुले गर्न सक्ने जति सहयोग गरिरहेका छन् । हातहतियारदेखि भाडाका सैनिक समेत पठाइरहेको बुझिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #युक्रेनमाथि सैन्य आक्रमण, #रुसी आक्रमण, #सयौं सैनिक मारिए
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्