सरकारले ल्यायो निर्वाचनका लागि एकीकृत सुरक्षा नीति
काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता आज बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो । स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीतिअनुरूप सम्पन्न गर्न सजिलो हुने बताइएको छ ।
निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न यो नीतिले सहयोग पुर्याउने गृह मन्त्रालयले जनाएको छ । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए । आगामी सुरक्षा चुनौती र ती चुनौतीलाई सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको थियो।
शुक्रबारदेखि हुने चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको थियो। बैठकमा गृहमन्त्री खाणले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका वेला आवश्यक सुरक्षा गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए ।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल सहभागिता भएको बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एकीकृत सुरक्षा नीति’ पारित, #गृहमन्त्री बालकृष्ण खाँण, #स्थानीय तह निर्वाचन
ताजा खबर
- १वैकल्पिक शक्तिहरुलाई कुलमानको आह्वानः ‘परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ’
- २सरकारले निर्वाचनको वातावरण बनाओस्ः प्रगतिशील लोकतान्त्रिक पार्टी
- ३राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
- ४सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छः प्रचण्ड
- ५पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्