मन्त्री आलेले सलमान खानलाई भने माउन्टेन फ्लाइटबाट तपाईंलाई सगरमाथा देखाउन चाहन्छु

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले भारतीय अभिनेता सलमान खानसँग भर्चुअल कुराकानी गरेका छन् । कुराकानीका क्रममा उनले सलमानलाई माउन्टेन फ्लाइटबाट नेपालको सगरमाथा अवलोकन गर्न अफर गरेका छन्। ‘दबंग टुर’ का क्रममा नेपाल आउने तयारीमा रहेका सलमानसँग आलेले नेपालको पर्यटन प्रवर्द्धन संवाद गरेका हुन् ।
उनले भने, ‘यो कुराकानीलाई जोडेर यदि तपाईँसँग समय भए माउन्टेन फ्लाइटबाट एभरेस्टको हवाई सफर गराउन चाहन्छु । तपाईँलाई थाहै होला, ब्रेक फास्ट इन एभरेस्ट एकदमै प्रख्यात छ ।’ जवाफमा सलमानले भने– जरुर जरुर । सलमानको प्रशंसा गर्दै मन्त्री आले उनको फिल्म पटक–पटक हेरेको बताए । ‘नेपालमा तपाईँका धेरै फ्यान छन् ।
मैले पनि तपाईँको मैने प्यार किया, तेरे नाम बहुतबार हेरेको छु,’ आलेले भने । उनले बुद्ध भूमि नेपालमा सलमानलाई स्वागत गर्न आफू आतुर रहेको बताए । कुराकानीका लागि समय दिएकोमा आभार व्यक्त गरे । उनले सलमानलाई भने, ‘तपाईँको व्यस्त समयका बाबजुद मसँग कुरा गर्नुभएकोमा आभारी छु ।’ आलेले हिन्दी, मराठी र अङ्ग्रेजीमा संवाद गरेका थिए । सलमान भने धेरै बोलेनन् ।सलमानलाई सगरमाथामा ब्रेकफास्ट खुवाउने भन्दै आलेले मराठीमा यस्तो संवाद समेत गरेका छन् ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अभिनेता सलमान खान, #पर्यटनमन्त्री प्रेम आले
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्