प्रहरी बनेपछि उर्मिलाले देखेको त्यो सपना….

काठमाडौं । मोरङको लेटाङमा यौन दुब्र्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानले ज्यान गुमाउनु पर्यो । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा जनताको सेवा गर्छु भन्दै प्रहरीमा भर्ती भएकी उर्मिला श्रेष्ठले ज्यान गुमाएकी छन् । नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीमा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा श्रेष्ठको ज्यान गएको हो ।
यौन दुब्र्यबहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो । शिक्षक मनोज पौडेलमाथि गत शुक्रबार छात्रामाथि यौन दुब्र्यवहार गरेको आरोप लागेको थियो । आरोपी शिक्षकलाई पक्राउ गर्न प्रहरी पुगेपछि आक्रोशित भीडले आक्रमण गर्दा २९ जनाभन्दा बढी प्रहरी घाइते भएका थिए । आइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो ।
प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भीडले प्रहरीमाथि आक्रमण गरेको थियो । सोही घटनाको अनुसन्धानका लागि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । यसैबीच मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ । लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिएका छन् ।
जनताकै सेवामा खटिदा जनताबाटै मारिइन उर्मिला
खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उनी खुसी हुँदै अहोरात्र खटिएकी थिइन् । २६ वर्षकी उर्मिला आफना दाइकै पाइला पछ्याउँदै प्रहरी बनेकी थिइन् । उदयपुरको त्रियुगामा विवाह गरेकी उनले प्रहरी जवानलाई नै जीवनसाथी रोजेकी थिइन् । तर, उनी जसको सेवा गर्छु र जसलाई शान्ति सुरक्षा दिन्छु भनेर प्रहरी बनेकी थिइन्, उनीहरुकै आवेगबाट मारिएकी छिन् ।
घटनास्थलमा नै रक्ताम्मे बनेकी उनलाई आइतबार राति नै कोशी अस्पताल पु¥याइएको थियो । तर, चिकित्सकले उनलाई बचाउन सकेनन् । उर्मिलका श्रीमान इलाममा प्रहरी जवानमै कार्यरत छन् । दाजु भुवन श्रेष्ठ विराटनगरमै प्रहरी सहायक निरीक्षक छन् । भिडले शिक्षकले प्रयोग गर्ने मोटरसाइकल आगजनी गर्दै स्कुलमा पुगेको एम्बुलेन्स पनि तोडफोड गरेको थियो । जसका कारण श्रेष्ठलाई समयमै अस्पताल पुर्याउन समेत सकिएन । प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उर्मिला श्रेष्ठ, #मोरङको लेटाङ
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्