विश्वको सबैभन्दा खुशी हुने देश फिनल्यान्ड, नेपाल भने ८४ औँ स्थानमा
काठमाडौं । फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको पहिलो सूचीमा यथावत् रहेको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देशमा लगातार पाँचौँ पटक कायम रहन सफल भएको हो ।
प्रतिव्यक्ति आम्दानी, वास्तविक जीडीपी, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई विश्व खुसी प्रतिवेदनले आधार मान्ने गरेको छ । सार्वजनिक प्रतिवेदनमा एक सय ४६ देशलाई समेटिएको छ ।
सूचीमा डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्वीट्जरल्यान्ड चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेका छन् । नेपाल ८४ औँ स्थानमा छ । चीन ७२ औँ र भारत एक सय ३६ औँ स्थानमा छ ।
प्राविधिक कारण भुटानलाई सूचीमा नसमेटिएको प्रतिवेदनमा उल्लेख छ । सूचीअनुसार अफगानिस्तान पुछारमा छ । त्यसअगाडि क्रमशः लेबनान, जिम्वाबे, रुवान्डा र बोत्स्वाना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #खुसी देशको पहिलो सूची, #फिनल्यान्ड
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्