पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नम्रता टप ३० मा सीमित
काठमाडौं । पोल्याण्डकी क्यारोलिना बेल्वास्काले मिस वर्डको ताज पहिरिएकी छिन् । नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ भने टप ३० मै सीमित भइन् । अमेरिकामा नेपाली समयअनुसार आज बिहान भएको फाइनल प्रतिस्पर्धाबाट क्यारोलिना उत्कृष्ट ठहर भएकी हुन् ।
त्यस्तै प्रतियोगितामा अमेरिकाकी श्री साइनी फर्स्ट रनरअप भइन् भने सेकेन्ड रनरअपको ताज ओलिभियाले पहिरिइन् । यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए । मिस वल्र्डको अन्तिम ३० मा यसअघि नै प्रवेश गरेकी मिस नेपाल नम्रता हेड टु हेड च्यालेन्जबाट प्रतिस्पर्धामा छानिएकी थिइन् ।
९७ प्रतिस्पर्धीमध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फिनालीमा सहभागी गराइएको थियो । फिनालीमा निम्तो नगरिएका प्रतिस्पर्धीलाई भने भर्चुअलरुपमा सहभागी गराइएको थियो । फिनालीमा भाग लिन निम्तो दिइएका भने मार्च १२ मा अमेरिकाको पुएर्तो रिकोमा पुगेका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #नम्रता श्रेष्ठ, #मिस वर्ड
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्