नेपालमा बन्द गरियो क्रिप्टो, हाइपर,अनलाइन जुवाका वेबसाइट र एप

काठमाडौं । नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो । अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो । आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो ।
यस्तै, राजश्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीमा संलग्न भएको दाबीसहित दुई जनाविरुद्ध ९ करोड ७४ लाख ६९ हजार बिगोसहित मुद्धा दायर गरेको छ । विभागले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मोरङ रतुवामाईका पुस्कर श्रेष्ठ र बिनिता लिम्बुविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुले विभिन्न खालका एप्सहरुको प्रयोग गरेर अवैध रुपमा अनलाइनमार्फत कारोबार गरेको विभागको दाबी छ । उनीहरु क्रिप्टोकरेन्सीमा संलग्न भएको गरेको विभिन्न बैकका स्टेटमेन्टहरु, बरामद गरेका मोवाइलमा प्राप्त डाटा, कल डिटेल विवरण अदालतबाट खुल्न आएको बिभागको दाबी छ । श्रेष्ठ र लिम्बुले बिभिन्न मोबाइल एप्स प्रयोगमा ल्याएर विदेशी विनिमय अमेरिकी डलर सम्बन्धि कसुर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख ७६ हजार, एनआईसी एशिया बाट एक करोड ८२ लाख ४९ हजार आठ सय र राष्ट्रिय वाणिज्य बैंकबाट २ कोड ३६ लाख ६२ हजार सहित ७ करोड ५७ लाख ७१ हजार ९ नौ सय रुपैयाँको अवैध कारोबार गरेको विभागको दाबी छ । त्यस्तै लिम्बुले एनआईसी एशियाबाट २ करोड १६ लाख ९८ हजारसहित जम्मा ९ करोड ७४ लाख ६९ हजार ९ सय ८३ रुपैयाको कारोबार गरेको देखिएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #क्रिप्टोकरेन्सी, #हाइपर नेटवर्किङ
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्