चैत १ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । सार्वजनिक सूचना निकाल्दै विभागले अहिलेसम्म परेका अनलाइन आवेदनको कारबाही जतिसक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले भोलि (चैत १ ) बाट आवेदन बन्द गरिएको जनाएको छ ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन प्रणाली बन्द हुने विभागका प्रवक्तासमेत रहेका निर्देशक डा.लोकनाथ भुसालले जानकारी दिए । सेवाग्राहीको असुविधाप्रति विभागले क्षमा पनि मागेको छ ।
आइतबार मात्रै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सहज बनाउने दाबी गरेका थिए । करिव १५ लाख नागरिक सवारी साधन प्रमाणपत्र पाउन बाँकी छन् ।
अबको तीन वर्ष लाग्दा पनि उनीहरुले त्यो प्रमाणपत्र लिन सक्ने अवस्था नभएको भन्दै मुख्यमन्त्री पाण्डेले सहज बनाउने दाबी गरेका थिए । तर, बिभागले भने मंगलबारबाट लाइसेन्स आवेदन नै बन्द गरिदिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अनलाइन आवेदन प्रणाली बन्द, #चालक अनुमति पत्र, #यातायात व्यवस्था विभाग
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्