चैत १ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । सार्वजनिक सूचना निकाल्दै विभागले अहिलेसम्म परेका अनलाइन आवेदनको कारबाही जतिसक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले भोलि (चैत १ ) बाट आवेदन बन्द गरिएको जनाएको छ ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन प्रणाली बन्द हुने विभागका प्रवक्तासमेत रहेका निर्देशक डा.लोकनाथ भुसालले जानकारी दिए । सेवाग्राहीको असुविधाप्रति विभागले क्षमा पनि मागेको छ ।
आइतबार मात्रै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सहज बनाउने दाबी गरेका थिए । करिव १५ लाख नागरिक सवारी साधन प्रमाणपत्र पाउन बाँकी छन् ।
अबको तीन वर्ष लाग्दा पनि उनीहरुले त्यो प्रमाणपत्र लिन सक्ने अवस्था नभएको भन्दै मुख्यमन्त्री पाण्डेले सहज बनाउने दाबी गरेका थिए । तर, बिभागले भने मंगलबारबाट लाइसेन्स आवेदन नै बन्द गरिदिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अनलाइन आवेदन प्रणाली बन्द, #चालक अनुमति पत्र, #यातायात व्यवस्था विभाग
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्