१८ महिने बालिकाको दाजुभाइ मिलेर बलात्कारपछि हत्या
काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका–७ गणेशपुरस्थित १८ महिने बालिका हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले बालिका हत्या आरोपमा सुन्दरहरैचा–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेका उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ।
उनीहरूले नाबालिकालाई पालैपालो बलात्कार गरेपछि हत्या भएको प्रहरीले जनाएको छ । उनीहरुले शुक्रबार साझ ५ बजे घरमा खेल्दै गरेकी बालिकालाई बोकेर घरदेखि करिब डेढ सय मिटर पश्चिम घारीमा लगेर पालैपालो बलात्कार गरेका थिए। हत्या आरोपी दुवै लागुऔषध प्रयोगकर्ता रहेको बताइएको छ ।
शुक्रबार साँझ उनीहरूले गाँजा सेवन गरेर ती बालिकामाथि बलात्कार गरेका थिए। बलात्कारपछि उनीहरूले सीसाको बोतल र ढुङ्गा प्रहार गरी बालिकाको हत्या प्रयास गरेको खुलेको छ। घाइते बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शनिबार बिहान १ बजेतिर मृत्यु भएको थियो ।
‘बालिकाको आमा घरमा काममा व्यस्त भएको बेलामा अजयले गएर बालिकालाई १० रुपैयाँ र चोकोपन दिएर घटनास्थल बनमारा झाडीमा ल्याएर सुरुमा अजयले जवरजस्ती करणाी गरेका थिए। त्यसपछि दाजु मिथुनले बलात्कार गरेको बयानमा उनीहरुले बताएका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार
ट्याग : #१८ महिने बालिका हत्या
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्