माधव नेपालसहित १४ सांसदमाथिको सुनुवाई चैत २० गते
काठमाडौं । नेकपा एकिृकत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित एमालेले कारबाही गरेको १४ सांसदमाथिको अन्तिम सुनुवाइ चैत २० हुने भएको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले मुद्दा पूर्ण सुनुवाइमार्फत २० गते पेशी तोकेर पेश गर्न आदेश दिएको हो ।
मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएकाले अन्तिम सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको हो । माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओली अदालत पुगेका थिए ।
यसअघि पनि पटक–पटक पेसी चढेर हेर्न नभ्याइनेमा राखिएको थियो। एमालेले साउन २५ को निर्णयअनुसार कारबाहीको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो। तर, सभामुखले सूचना टाँस नगरेपछि एमालेबाट विद्रोह गरेर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेको थिए ।
सभामुख सापकोटाले कानुनअनुसार १५ दिनभित्र सूचना टाँस गर्न पाउने अधिकार छ। त्यसै अधिकारलाई प्रयोग गरेर सभामुख सापकोटाले १३ दिनका दिन यस विषयमा कुनै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना निकालेका थिए। त्यही विषयलाई लिएर एमालेले निरन्तर संसद्मा नाराबाजी गरिरहेको छ ।

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #१४ सांसद, #नेकपा एकिृकत समाजवादी, #माधवकुमार नेपाल
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्