एमाले अध्यक्ष ओलीलाई निर्वाचन आयोगको जवाफ रातमा मतगणणा गर्न हरियो रंग बनाएका हौं
काठमाडौं । निरन्तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मतपत्रमा हरियो रंग बनाएको भन्दै प्रश्न उठाएपछि निर्वाचन आयोगले जवाफ फर्काएको छ । निर्वाचन आयोगले मत गणनामा समस्या हुने भएपछि स्वस्तिक छाप र चुनाव चिन्हको रङ एउटै नहोस् भनेर हरियो मतपत्र बनाएको जवाफ एमाले अध्यक्ष ओलीलाई दिएको छ ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आयोगले मतपत्र हरियो बनाउने निर्णय गरेपछि एमालेका अध्यक्ष ओलीले असन्तुष्टि जनाउदै आएका छन् । ओलीले कांग्रेसको चुनाव चिह्न रूख भएकाले सबैले हरियो मात्रै देखून् भनेर हरियो मतपत्र राख्न लागेको हो ? भन्दै प्रश्न गरिरहेका थिए । आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले नितान्त प्राविधिक कारणले हरियो मतपत्र राख्ने निर्णय गरेको जानकारी दिए ।
२०७४ सालमा भएको निर्वाचनमा चुनाव चिह्नहरूको रङ नीलो थियो। स्वस्तिक छापको रङ एउटै पर्दा गणना गर्न गाह्रो भएको हो । स्थानीय तहको निर्वाचनमा ७ ठाउँमा हाल्नुपर्ने भएकाले समस्या देखिने भएपछि मतपत्रको रङ फेर्न लागेको प्रष्ट पारे। उनले भने, स्थानीय तहको निर्वाचनमा ७ ठाउँमा हाल्नुपर्छ। त्यसले तल्लो तल्लोमा पुग्दा मधुरो हुने भएर राति गणना गर्न गाह्रो भयो।
रातको समयमा बत्तीको कम देखिने स्वस्तिक छाप लगाएका छ छैन भनेर चिन्न गाह्रो पर्ने भयो।’ गत सालको अनुभव र विज्ञहरुको सुझावको आधारमा मतपत्रको रङ फेरेको उनको भनाई छ । उनले भने, ‘गणना गर्न सजिलो होस् भनेर गत सालको बेलाको अनुभवलाई लिएर मतपत्रको रङ फेर्न लागिएको हो। कसैलाई आयोगका कामप्रति दुविधा छ भने आयोग त्यसलाई प्रष्ट पार्न तयार छ।’
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग
ताजा खबर
- १एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- २रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने
- ३समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै
- ४किन आयो कांग्रेस सभापति गगन थापाको राजीनामा ?
- ५युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्