रुस र युक्रेन एकदिने युद्धविरामका लागि सहमत
काठमाडौं । रुस र युक्रेन बुधबार एक दिनको युद्धविराम गर्न सहमत भएका छन् । एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित क्षेत्रबाट भाग्न एक दिनको समय प्राप्त भएको छ । मस्कोले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ९ बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ । जसमा किएभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागहरु रहेका छन् ।
उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किएभमा सारिने बताइएको छ । आइतबार पैदलयात्राबाट किएभ पुग्न खोजिरहेका चारजना विस्फोटमा परेका समाचारमा जनाइएको छ । मङ्गलबार करिब ६० बसले किएभबाट ३५० किलोमिटर पूर्वमा रहेको सुमीबाट सर्वसाधारणलाई बाहिर निकाल्न सफल भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट ५,००० भन्दा बढी मानिसलाई विस्थापित गरिएको थियो । यस सहरलाई रुसले ठूला आक्रमण गरेको गरेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसिआरले युक्रेन शरणार्थीहरूको कुल संख्या २१ लाखदेखि २२ लाखसम्म पुगेको अनुमान गरेको छ ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #युद्धविराम, #रुस र युक्रेन
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्