पल शाहको बलात्कार प्रकरणको प्रचारबाजीप्रति राष्ट्रिय मानव अधिकार आयोगको आपत्ति !
काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाह प्रकरणमा भइरहेका प्रचारबाजीप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले शुक्रवार विज्ञप्ति जारी गरी पल प्रकरणमा संयमित भइ अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको छ ।
‘अभिनेता पल शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने भएकाले यो प्रकरणमा गोपनीयताको हकको संरक्षण गर्दै संवेदनशील र संयमित हुन सबैलाई आग्रह गरेको छ । नाबालिक गायिका बलात्कारको अभियोग लागेका अभिनेता शाहले आफै प्रहरीमा पुगेर आत्मसमर्पण गरेदेखी नै समाजिक सञ्जार र विभिन्न यूट्युब च्यानलहरुले विभिन्न कोणबाट धारणा सार्वजनिक गरिरहेका छन् ।
केहीले पललाई निर्दोष त केहीले बालिक गायीकालाई निर्दोष करार गरिरहेका छन् । कतिपयले रिहाईको मागसहित आन्दोलन गरेका भीडियो सामाग्रीले सामाजिक सञ्जाल र युट्यूब च्यानल रंगिएका छन् । अदालतमा बिचाराधिन मुद्धामा अनावश्यक बहस पैरवी गराउने र पक्ष विपक्षमा धारणा सार्वजनिक गर्ने मिडिया ट्रायलले न्याय सम्पादनमा समेत असर पर्ने भन्दै चिन्ता ब्यक्त गरिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तनहुँ प्रहरी, #पल शाह प्रकरण, #बलात्कारको आरोप
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्