पेट्रोलको भाउ बढ्दा यातायातका साधन चढ्नै धौ,कहिले कति बढ्यो मुल्य (सूचिसहित)

काठमाडौं । रुस युक्रेन युद्धको बहाना होस् या भारतीय आयल कर्पोरेशन आइओसीले नयाँ मूल्य सूची पठाएका कारण होस् नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेर अचाक्ली भएको छ । गए रातिबाट मात्र पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि भएपछि उपभोक्ता चरम मारमा परेका छन् । व्यवसायीले पनि पटक–पटकको मूल्यवृद्धि खप्न नसकिने भन्दै सवारी साधनको भाडा बढाउने चेतावनी दिएसँगै सर्वसाधारण थप महंगीको चेपुवामा पर्ने भएका छन् ।
भारतीय आयल कर्पाेरेशन आइओसीले मार्च १ मा पठाएको नयाँ मूल्यसूचि भन्दै नेपाल आयल निगमले बिहीबार रातिदेखि लागु हुने गरी मूल्य बढाउँदा नेपालमा पेट्रोलयम सर्वाधिक महंगो भएको छ । बजारमा अब पेट्रोल प्रतिलिटर १ सय ५० पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १ सय ३३ पुगेको छ । गजबको कुरा के छ भने करिब ९४ रुपैयाँमा किनेको पेट्रोल १ सय ५० मा बेच्दा पनि निगमलाई १६ रुपैयाँ घाटा छ ।
साँढे ५९ रुपैयाँ त सरकारले राजस्व असुल्छ । घाटा बढेको भन्दै फागुनमै निगमले २ चोटी मूल्य बढाइसक्यो । सर्वसाधारणले धान्नै नसक्ने गरी मूल्य बढाउँदा पनि सरकार पेट्रोलियममा लगाएको अनावश्यक कर घटाएर सर्वसाधारणलाई राहत दिन भने कुनै चासो दिँदैन । निगमदेखि डिलरसम्म पुग्दाको खर्च समेत अचाक्ली रहनु पनि सर्वसाधारणलाई मार पार्ने अर्काे विषय बनेको छ ।
सरकारले पेट्रोलियम पदार्थ बेचेर देश सञ्चालन गर्ने दिवास्वप्ना देख्नु गलत भएको अधिकारकर्मीहरु बताउँछन् । तत्काल कर घटाएर जनतालाई राहत दिनुपर्ने उनीहरुको भनाई छ । १५/१५ दिनमा मूल्य बढाइरहेको निगम भने आफ्नो घाटाको कहानी दोहोर्याइरहन्छ । ९४ रुपैयाँमा किनेको डिजेल १ सय ३३ रुपैयाँमा बेच्दा पनि निगम करिब १२ रुपैयाँको घाटा भएको देखाउँछ । यति अचाक्ली मूल्य बढाउँदा पनि मासिक ५ अर्ब ६४ लाख घाटा रहेको निगमले जनाएको छ । इन्धनको मूल्यवृद्धिले नयाँ रेकर्ड बनाएर आम सर्वसाधारण हरेक १५ दिनमा थप महंगीको मारमा परिरहेका छन् । तर सरकारमा बस्नेहरु कुर्सीको हानाथापमै मस्त छन् ।
महंगीका कारण जनताको चुल्हो निम्भ लागेको उनीहरुलाई मतलब छैन । हुँदा हुँदा सवारी धनीहरुले पनि सवारी साधनको भाडा बढाउने भन्दै दबाब थालेका छन् । अब ढुवानी भाडा वृद्धिसँगै सबैतिर उच्च महंगी निम्तने पक्का छ । रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा इन्धनको मूल्य बढाइएको रटान दोहोरिरहन्छ । तर जनता पीडित बनिसक्दा पनि अनावश्यकरुपमा उठाइएको कर घटाएर राहत प्रदान गर्न सरकारले किन आँखा खोल्दैन । यदि जनतामाथि शासन गर्ने हो भने सत्तामा बसेकाहरुले आँखा खोलेर अनावश्यक कर घटाउने र अनावश्यक खर्च नियन्त्रण गरेर तत्काल नागरिकलाई राहत दिन जरुरी छ ।
कहिले कति बढ्यो ?
फागुन १९ गते ( ५ रुपियाँ)
पेट्रोल १५०
डिजेल १३३
मट्टितेल १३३
फागुन ७ गते (३ रुपियाँ)
पेट्रोल १४५
डिजेल १२८
मट्टितेल १२८ (३ रुपियाँ)
माघ १९ (३ रुपियाँ)
पेट्रोल १४२
डिजेल १२५
मट्टितेल १२५
माघ ५
पेट्रोल १३९
डिजेल १२२
मट्टितेल १२२
माघ ५ अघि
पेट्रोल १३६ डिजेल ११९ मट्टितेल ११९
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पेट्रोलियम पदार्थ, #भारतीय आयल कर्पोरेशन, #मूल्यवृद्धि
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्