युरोपेली संसद्मा राष्ट्रपति जेलेन्स्कीको सम्बोधन,सबैले युक्रेनीलाई साथ दिन आह्वान
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार युरोपेली संसद्मा भाषण दिएका छन्। जेलेन्स्कीको भाषणमा संसद्मा उपस्थित व्यक्तिले उभिएर ताली बजाई स्वागत गरेका थिए। युक्रेनका राष्ट्रपतिले युरोपेली देशहरूलाई संकटको यो घडीमा आफूहरू युक्रेनको साथमा रहेको प्रमाणित गर्न पनि आग्रह गरेका छन्।
राष्ट्रपति जेलेन्स्कीले भने‚युक्रेन संकटमा फसेको छ। यो संकटको घडीमा युरोपेली संघले हामीसँग रहेको प्रमाणित गर्नुपर्छ। उनले हरतरहले युरोपेली संघका सदस्यले युक्रेनलाई सहयोग गर्न आह्वान गरे । उनले भने‚ हामी आफ्नो भूमि र स्वतन्त्रताका लागि लडिरहेका छौँ। हामीलाई थाहा छ‚ हाम्रा सबै शहर ब्लक गरिएका छौं । हामीलाई कसैले भत्काउन सक्दैन। हामी शक्तिशाली छौँ। हामी युक्रेनी हौँ। रूसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ अस्तव्यस्त बनेको छ ।
६ दिनअघि युक्रेन प्रवेश गरेका रुसी सैनिकहरूले राजधानी किभ कब्जा गर्नका लागि त्यसतर्फ लम्किँदै गरेका छन् । राजधानी किभ पुग्न ६५ किलोमिटर परसम्म मात्रै उनीहरूले फौज खडा गरेका छन् । राजधानी कब्जा गर्नका लागि उनीहरूले हमला गर्नसक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । रुसी सैनिकहरूको समूहका स्याटेलाइट तस्बिरहरू मंगलबार सार्वजनिक गरिएको छ । जहाँ उनीहरू सोमबार आधुनिक हातहतियारसहित किभदेखि २१ किलोमिटरसम्म पुगेका थिए । रुसी सेनाले पछिल्लो २४ घण्टायता किभ र अन्य प्रमुख सहर कब्जा गर्नका लागि रुसी सेना संगठित बनेको युक्रेनका सेना प्रमुखले फेसबुकमा उल्लेख गरेका छन् ।
अमेरिकी कम्पनी म्याक्सर टेक्नोलोजीले स्याटेलाइट तस्बिरमा रुसी सेना किभदेखि ६५ किलोमिटर टाढा देखिएको जनाएको हो । उनीहरूले युक्रेनको सीमा नजिकै बेलारुसको दक्षिणी सीमा क्षेत्रमा थप सैन्य फौज र युद्ध हेलिकप्टर तयार पारेका छन् । रुसी सैनिकले रातभर आक्रमण गरेको आवाज सुनिएको जनाएको छ । जुन किभका बासिन्दाका लागि कठिन दिनको रुपमा टिप्पणी गरिएको छ । सोमबार भएको पहिलो चरणको वार्ता सकिएपछि भने विस्फोट झन् तीव्र बनेको बताइएको छ ।
रुसले युक्रेनमाथि हमला गर्न थालेको ६ दिनयता मात्रै ५ लाख भन्दा धेरै मानिस भागेर छिमेकी देश लगायत सुरक्षित स्थानतर्फ गएका छन् । यस क्रममा १४ बालबालिकासहित ३ सय ५२ सर्वसाधारणहरू मारिएका छन् । ७० जना युक्रेनका सैनिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । रुस भने अन्तर्राष्ट्रिय समुदायको विरोधका बावजुद युक्रेनमाथि निरन्तर हमला गर्दै आएको छ । सोमबार दुई देशका प्रतिनिधिहरू वार्तामा बसे पनि रुसले आक्रमण रोकेको छैन ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #युरोपेली संसद्मा
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्