कोरोना संक्रमण कमी भएपछि नेपालमा बढ्यो पर्यटकको चहलपहल, एक महिनामै आए १६ हजार

काठमाडौं । कोरोना महामारीले थलिएको नेपाली पर्यटन उद्योग चलायमान हुने शुभ सङ्केत देखिन थालेको छ । गत जनवरी महिनामा १ सय ५० देशका १६ हजार ९ सय ७५ जना पर्यटकले नेपाल भ्रमण गरेसँगै लामो समय सिथिल बनेको पर्यटन उद्योग चलायमान हुने देखिएको हो ।
अध्यागमन विभागले २०२२ को जनवरीमा नेपाल भित्रने पर्यटकमा १० हजार ८ सय १० जना पुरुष र ६ हजार १ सय ५७ जना महिला रहेको बताइएको छ । जनवरीमा नेपाल प्रवेश गर्ने ८ जनाको भने पहिचान खुलेको छैन । जनवरीमा अस्ट्रेलियाबाट १ हजार २ सय १३, बंगलादेशबाट १ हजार २ सय ३६, चीनबाट ३ सय २१, जर्मनीबाट ३ सय ६५, भारतबाट ३ हजार ९ सय १६, बेलायतबाट १ हजार ८ सय २४ र अमेरिकाबाट ३ हजार २ सय ५७ जना पर्यटक नेपाल आएका छन् ।
गत जनवरीमा नेपाल भ्रमणमा आएका मध्ये १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्किसकेका छन् । यसरी फर्कनेमा ११ हजार ६१७ जना पुरुष र ६ हजार ३ सय ६१ जना महिला पर्यटक रहेको अध्यागमन विभागले जानकारि दिएको छ । फर्कनेमध्ये ६ जनाको पहिचान खुलेको छैन । जनवरीमा कूल ३४ हजार ९५९ जना पर्यटकले नेपालमा आवतजावत गरेको सरकारी रेकर्ड छ ।
विश्वमा कोरोना महामारी फैलिएपछि सबैभन्दा बढी मार पर्यटन क्षेत्रमा परेको छ । कोरोना नियन्त्रण गर्न लामो समयसम्म विश्वभर लकडाउन भएपछि पर्यटकको आवतजावत प्रायः ठप्प बनेपनि कोरोना खोपको विकास र प्रयोग बढेसँगै पर्यटकको आवतजावत बिस्तारै सहज बन्न थालेको छ । कोरोना महामारीबीच गत वर्ष सन् २०२१ मा नेपालमा १८१ देशका १ लाख ५० हजार ९६२ जना पर्यटकले भ्रमण गरेका छन् । यो वर्ष पर्यटकको संख्यामा उल्लेख्य बृद्धी हुने आशा गरिएको छ ।
क्याटेगोरी : जनगुनासो, पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली पर्यटन, #पर्यटक
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्