पोल्यान्ड सीमामा सयभन्दा धेरै नेपाली, युक्रेनबाट नेपालीको उद्धार जारी
काठमाडौं । युक्रेनबाट नेपालीको उद्धार चलिरहेको छ । जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार दुई सय २५ जना नेपाली निरन्तर सम्पर्कमा पुगेका छन् । १५ जना भने पोल्यान्ड पुगिसकेका दूतावासले जनाएको छ । त्यस्तै २३ जना स्लोभाकियाको सीमा क्षेत्रमा आइपुगेका छन् भने तीन जना स्लोभाकिया पुगिसकेका छन् ।
त्यस्तै हङ्गेरीमा दुई जना, रोमानियामा एक जना र दुई जना रोमानिया पुग्न बाटोमा छन् । भोकभोकै सीमा क्षेत्रमा पुगेको त्यहाँ रहेका नेपालीको गुनासो छ । युक्रेनबाट नयाँ देश पुग्नेबित्तिकै सम्पर्क टुट्ने भएकाले स्लोभाकिया, पोल्यान्ड, रोमानियालगायतका देशमा पुगेका नेपालीलाई सहयोग जुटाउन भने समस्या परेको छ।
जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र वरिपरिका देशहरूमा रहेका नेपाली समुदाय तथा गैर नेपाली सङ्घसंस्थाहरू परिचालन गरेर सक्दो सहयोग गर्ने प्रयास भइरहेको समेत जनाएको छ । जर्मनीमा रहेको दूतावासले कागजात नभएका नेपालीलाई ट्राभल डकुमेन्ट बनाएर पठाउने गरेको छ । १९ जना नेपालीलाई हिजो यात्रा अनुमतिपत्र पनि उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ ।
पोल्यान्ड, हङ्गेरी, रोमानिया र स्लोभाकियालगायतका देशमा रहेका नेपाली समुदायसँग समन्वय गरी दूतावासले उद्धार कार्य थालेको छ। दूतावासले छिमेकी देशहरूमा रहेका भारतीय दूतावाससँग पनि सहयोगका लागि पत्राचार गरेको राजदूत रामकाजी खड्काले जानकारी दिएका छन् ।

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली दूतावास, #युक्रेनबाट नेपाली
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्