प्रधानमन्त्री देउवाको ध्यान एमाले अध्यक्ष ओली मनाउनैमा केन्द्रीत
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि फेरि बालकोट पुगेका छन्। अमेरिकी सहायता परियोजना एमसिसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले ओलीसँग सहमतिका सम्भावित खाका तय गर्नका लागि पहिले नै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाइएको थियो ।
अध्यक्ष ओलीसँग खड्का र कार्कीले पहिले छलफल गरेपछि प्रधानमन्त्री देउवा पनि बालकोट पुगेका हुन । यसअघि बिहीबार पनि एमाले र कांग्रेस नेतृत्वबीच एमसीसी पास गर्ने र सम्भावित सत्ता साझेदारीका लागि दुई पटकसम्म वार्ता भएको थियो। त्यसपछि ओली शुक्रबार बिहानै पोखरातिर लागेका थिए। तर, कांग्रेससँग वार्ता हुने भएपछि उनी पोखराको पार्टी प्रवेश कार्यक्रमलाई सुरुमै सम्बोधन गरेर काठमाडौं फर्किए ।
देउवासहित उपसभापति खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री कार्की छन् भने एमालेका तर्फबाट ओलीसहित महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली वार्तामा छन्। प्रधानमन्त्री देउवाले बिहीबार बिहान सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग र दिउँसो नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग संवाद गरे । तर, उनीहरुले एमसीसी पास गर्न साथ नदिने बताएपछि प्रधानमन्त्री देउवाको ध्यान ओली मनाउन नै केन्द्रीत छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्