पक्राउ परे मालपोतका अर्बपति खरिदार, १ लाख ३५ हजार घुससहित अख्तियारको फन्दामा

काठमाडौं । मालपोत कार्यालय चावहिलमा १० बर्षदेखि कार्यरत खरिदार लक्ष्मण बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बस्नेतलाई अख्तियारले १ लाख ३५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । खरिदार बस्नेतसहित होटल ब्यवसायी मिना मगर र लेखापढी ब्यवसायी विनोद श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
काठमाडौं महानगरपालिका चावहिलस्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट घुस रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खरिदार बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रक्रियाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस मागेको सूचनापछि अख्तियारको टोलीले निगरानी गरेको थियो । सेवाग्राहीसँग घुस लेनदेन गरिसकेपछि बस्नेतसहितका तीनै जनालाई अख्तियारले नियन्त्रणमा लिएको थियो ।
खरिदार कसरी बने अर्बपति
खरिदार बस्नेत मालपोत कार्यालयमा अकूत सम्पत्ति कमाउने मध्ये एक हुन् । उनीले निजामती सेवा ऐन नियम विपरित दश बर्षसम्म एउटै कार्यालय रजगज गरेर बसे । सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा नियमावली अनुसार हरेक २ बर्षमा निजामती कर्मचारीको सरुवा गर्छ । तर, उनलाई निजामती सेवा ऐनको प्रावधान कहिल्यै लागू हुन नसकेको एक कर्मचारीले बताए ।
भूमिब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक जीतबहादुर थापा, केशरबहादुर बानियाँ, रोहित भट्टराई, मुक्ति आचार्यदेखि सबैलाई प्रभावमा पारी उनी मालपोत कार्यालय चावहिलबाट कतै सरुवा हुनु परेन । २०७६ कात्तिकमा बस्नेतको समायोजन गरी भूमिब्यवस्थापन तथा अभिलेख विभागले बर्दिबास मालपोत कार्यालयमा पदस्थापन गरेको थियो । तर, बस्नेतले एक महिनासम्म विभागमै पत्र लुकाई पुनः चावहिलमै पदस्थापन गराए ।
चावहिल मालपोतबाट गैरकानुनी रुपमा सरकारी जग्गादेखि छुट जग्गा दर्ता गरी अकूत सम्पत्ति आर्जन गरेका खरिदार बस्नेतले तत्कालीन भूमिब्यवस्था मन्त्री पदमा अर्याललाई नोटका बिटा फालेर सरुवा भएको आरोप लागेको छ । भूमि ब्यवस्थापन विभागका तत्कालीन महानिर्देशक कृष्ण ज्ञवालीले पनि उनको सरुवा बदर गर्दा लाभ लिएको आरोप लागेको थियो । धादिङ मालपोत कार्यालयमा हुँदा खरिदार बस्नेतसहितका कर्मचारीले राजमार्गको सयौं रोपनी पर्ति जग्गा घुस लिंदै गैरकानुनी रुपमा दर्ता गरेको उजुरीमा अख्तियारले छानबिन गरिरहेको छ ।
चावहिल मालपोत कार्यालयका खरिदार बस्नेत मालपोतका कर्मचारीबीच अर्बपतिका रुपमा चिनिन्छन् । काठमाडौं उपत्यका मालपोत कार्यालयहरू सबै चाहार्दै सरकारी जग्गा गैरकानुनी रूपमा दर्ता गर्नेदेखि छुट जग्गा दर्ता र सेवाग्राहीसँग घुस असुली गरी चावहिलको भत्केको पार्टीमा तीन रोपनी क्षेत्रफलमा घर बनाएका छन् । उनले यसका अलावा काठमाडौका धेरै ठाउँमा जग्गा जोडेको आरोप पनि लागेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अख्तियार दुरुपयोग, #अर्बपति खरिदार, #मालपोत कार्यालय चावहिल
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्