सहकारीमा ६ करोड २५ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गर्यो अध्यक्ष र उपाध्यक्ष
काठमाडौं । सहकारी संस्थाका निक्षेपकर्ता सदस्यहरूको पैसा ठगी गरेको आरोपमा प्रहरीले एक सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष र उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको हो ।
सहकारी सञ्चालक समितिका अध्यक्ष ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष ५७ वर्षीय शिव पाण्डेलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम सहकारीका सञ्चालकले हिनामिना गरी आफूखुशी संस्थाको खातामा नराखी परिवारका सदस्य र आफन्तका नाममा राखेर १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ रकम दुरुपयोग गरी भुक्तानी फिर्ता माग्दा सहकारी संस्थामा ताला लगाई फरार रहेको जाहेरीपछि प्रहरीले पक्राउ गरेको हो ।
ब्यूरोले अन्य बचतकर्ताले सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाई कानूनी कारवाही गर्नुपर्ने भएमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । सबैको भरोसा सबैलाई भरोसा नारा दिएर सर्वसाधारणबाट उठाएको बचत समेत धरापमा परेको छ । पछिल्लो समय सहकारीबाट ठगिएका गुनासोहरु बढ्दै गइरहेका छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #भरोसा नेपाल बहुउद्देश्यीय सहकारी, #शिव पाण्डे, #सुरज बस्नेत
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्