सहकारीमा ६ करोड २५ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गर्यो अध्यक्ष र उपाध्यक्ष
काठमाडौं । सहकारी संस्थाका निक्षेपकर्ता सदस्यहरूको पैसा ठगी गरेको आरोपमा प्रहरीले एक सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष र उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको हो ।
सहकारी सञ्चालक समितिका अध्यक्ष ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष ५७ वर्षीय शिव पाण्डेलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम सहकारीका सञ्चालकले हिनामिना गरी आफूखुशी संस्थाको खातामा नराखी परिवारका सदस्य र आफन्तका नाममा राखेर १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ रकम दुरुपयोग गरी भुक्तानी फिर्ता माग्दा सहकारी संस्थामा ताला लगाई फरार रहेको जाहेरीपछि प्रहरीले पक्राउ गरेको हो ।
ब्यूरोले अन्य बचतकर्ताले सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाई कानूनी कारवाही गर्नुपर्ने भएमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । सबैको भरोसा सबैलाई भरोसा नारा दिएर सर्वसाधारणबाट उठाएको बचत समेत धरापमा परेको छ । पछिल्लो समय सहकारीबाट ठगिएका गुनासोहरु बढ्दै गइरहेका छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #भरोसा नेपाल बहुउद्देश्यीय सहकारी, #शिव पाण्डे, #सुरज बस्नेत
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्