युक्रेनमा रुसी सेना पठाउन राष्ट्रपति पुटिनको आदेश
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका छन्। गएराति एक टेलिभिजन सम्बोधनमार्फत उनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका हुन्। उक्त क्षेत्रमा पृथकतावादी आन्दोलन जारी छ। आन्दोलनकारीलाई रुसले साथ दिँदै आएको छ। सोही क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनालाई पठाउन पुटिनले आदेश दिएका हुन्।
उनको आदेशअनुसार रुसी सेना लुहान्स्क र दोनेत्स्कमा शान्ति स्थापनाका रुसी सेना बस्ने छ। दुवै क्षेत्र रुस समर्थित पृथकतावादी समूहको नियन्त्रणमा छन्। टेलिभिजन सम्बोधनमा पुटिनले युक्रेनमा कठपुतली शासन रहेको र युक्रेन अमेरिकी उपनिवेश बनेको आरोप लगाए । युक्रेन एक असल राष्ट्र भएको कुनै इतिहास नरहेको र आधुनिक युक्रेनको स्वरूप रुसले बनाइदिएको उनले दाबी गरे ।
युक्रेन नेटोको सदस्य बन्न लागेकामा उनले चर्को आलोचना गरे। र, त्यो आफ्नो राष्ट्रिय सुरक्षा भएको पुटिनको ठम्याइ छ। नेटोले रुसको सुरक्षा चिन्तालाई उपेक्षा गरेको समेत आरोप लगाए। पुटिनले विद्रोहीहरूको कब्जा रहेको क्षेत्रमा आक्रमण बन्द गर्न युक्रेनलाई चेतावनी दिए। र, बन्द नभए अनपेक्षित परिणाम भोग्नुपर्ने बताए। सम्बोधन लगत्तै पुटिनले पूर्वी युक्रेनका विद्रोहीहरूलाई मान्यता दिने आदेशमा हस्ताक्षर गरेका छन्।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #भ्लादिमिर पुटिन, #रुसी सेना
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्