सशस्त्र प्रहरीको इन्स्पेक्टरको परीक्षामा ७५ माग्दा ६१ जना मात्रै उत्तीर्ण
काठमाडौं । सशस्त्र प्रहरीको इन्स्पेक्टर भर्नाको लिखित परीक्षामा माग अनुसार उत्तीर्ण हुन सकेका छैनन् । ७५ जनाका लागि खुलेको विज्ञापनको लिखित परीक्षामा ६१ जना मात्र उत्तीर्ण भएका छन् । परीक्षामा मधेसी समुदायबाट न्यून उत्तीर्ण भएका छन् । समावेशी आरक्षणको प्रावधानसहित खुलाइएको भर्नामा मधेसी समुदायका लागि नौ जनाको कोटा रहेकोमा लिखित परीक्षामा एकजना मात्र उत्तीर्ण भए ।
सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार अमर–असक्त प्रहरीका सन्तानका लागि एक जनाको कोटामा कोही पनि उत्तीर्ण हुन सकेनन् । लिखित परीक्षामा कुल तीन सय ७१ सहभागी भएका थिए । महिला, दलित र पिछडिएको क्षेत्रतर्फ माग बराबर मात्र उत्तीर्ण भए । महिलातर्फ सात, दलिततर्फ पाँच तथा पिछडिएको क्षेत्रतर्फ एक जनाको कोटा थियो ।
खुलातर्फ भने ४० जनाको माग भएकोमा ४९ जना उत्तीर्ण भएका थिए । आदिवासी जनजातितर्फ ११ जनाको मागमा १४ जना उत्तीर्ण भए । समावेशी कोटा रिक्त रहेमा त्यसलाई खुलातर्फ जोडेर अन्तिम नतिजा प्रकाशन हुने प्रावधान छ । सशस्त्र प्रहरीको परीक्षामा विगतदेखि मागभन्दा कम उत्तीर्ण हुँदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सशस्त्र प्रहरीको इन्स्पेक्टर
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्