एमसीसीको बिरोधी र प्रहरीबीच झडप,बानेश्वर क्षेत्र तनावग्रस्त,दर्जनौ घाइते
काठमाडौं । एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । एमसिसी संसद्मा पेश नगर्न दबाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनहरू सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा प्रहार गरेको थियो ।
त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो । अहिले पनि नयाँबानेश्वर–बबरमहल–माइतीघर सडकखण्डमा प्रदर्शनकारीले एमसिसी संसद्मा पेश नगर्न दबाव दिँदै सरकारविरुद्ध चर्का नाराबाजी लगाइरहेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाको समेत उपस्थितिमा विरोध प्रदर्शन भइरहेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका सत्तारुढ दलहरूले एमसिसी यथास्थितिमा पास गर्न नहुने अडान लिएका छन ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस भने एमसिसी संसद्बाट पास गर्नुपर्ने पक्षमा रहेको छ । माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको थियो । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको हो । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । झडपका क्रममा प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रदर्शनकारी, #बानेश्वर क्षेत्र तनावग्रस्त
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्