संसद बैठक बस्दै,एमसीसी होला त टेबुल ?
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्नै बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव राखिएको छैन। संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख छ। तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्ने पर्ने दवाव दिइरहेका छन् ।
त्यहि छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो। बैठकको कार्यसूची तयार गर्नका लागि विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बस्ने प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको बैठक पनि अवरोध गर्ने जानकारी दिए। सरकारले प्रमुख प्रतिपक्षीलाई सहमतिमा ल्याउने भन्दा पनि पूर्ण रुपमा वेवास्ता गर्दै अघि बढेको एमालेको आरोप छ।
आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरी सभामुख अग्निप्रसाद सापकोटाले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ। कांग्रेसले एमसीसीसँगको सम्झौता आज संसद्मा टेबल हुने बताएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी, #प्रतिनिधिसभाको बैठक
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्