पर्यटनमन्त्री प्रेम आलेको अश्लिल गाली बाहिरियो, …..तँलाई त्यहिबाट उठाउछु (भिडियो सहित)
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले एक ब्यक्तीलाई अश्लिल गाली गलौज गरेको भिडियो र अडियो बाहिरिएको छ । सामाजिक सञ्जालमा भेटिएको अडियो र भिडियोमा मन्त्री आलेले सामाजिक सञ्जालमा आफनोबारे नेगेटिभ कमेन्ट गरेको भन्दै अश्लिल गाली सहित आक्रोश पोखेका छन् । उनले सुरुमा तपाई कहाँ हुनुहुन्छ ? भन्ने प्रश्न सोधेका छन् । उत्तरमा आफू इन्डिया रहेको जानकारी गराएका छन् ।
मन्त्री आलेले तपाईको कमेन्ट हेरे मैले के लेखेको हो त्यस्तो यार भन्ने प्रश्न गरेका छन् । ती ब्यक्तीले पनि हामीले तपाईबाट यस्तो आश गरेका थिएनौं भन्दै जवाफ दिएका छन् । त्यसपछि कस्तो आश भन्ने प्रश्न गर्दै मन्त्री आलेले अश्लिल गाली सुरु गरेका छन् । मन्त्री आलेले ……तलाई म त्यहिबाट उठाउछु भन्दै सुन्नै नसकिने शब्दहरु प्रयोग गरेका छन् । दुबैबीच अश्लिल शब्द प्रयोग गर्दै एक अर्कोलाई गाली गरेको भिडियो बाहिरिएको छ ।
बम्बईमा ट्वाइलेट सफा गर्ने भन्दै मन्त्री आलेले अश्लिल गाली गरिरहेका छन् । मन्त्री आलेले….प्रयोग धेरै पटक प्रयोग गरेका छन् । सुदुरपश्चिमका ती केटाले मन्त्री आलेलाई तस्कर जेलमा बसेर आएको भन्दै गाली गरेका छन् । उनले भिडियो भाइरल बनाइदिने भन्दै मन्त्री आलेलाई धम्की दिएपछि उनले फोन राखेका छन् ।
मन्त्री जस्तो ब्यक्तीले सामाजिक सञ्जालमा कमेन्ट गरेको आधारमा भारतमा रहेका युवालाई अश्लिल गाली गरेको भन्दै उनको आलोचना भइरहेको छ । हक्की स्वभावका मन्त्री आलेले यसअघि पनि अश्लिल गाली नगरेपनि कर्मचारीलाई समेत हप्कीदप्की गरिरहेका थिए । उनको यो अश्लिल गालीको भिडियो र अडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अश्लिल गाली, #अश्लिल गाली सहित आक्रोश, #मन्त्री प्रेम आले
ताजा खबर
- १एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- २रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने
- ३समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै
- ४किन आयो कांग्रेस सभापति गगन थापाको राजीनामा ?
- ५युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्