विश्वमा कुल जनसङ्ख्याको आधा मानिसले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं । विश्वको कुल जनसङ्ख्याको आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य र खाद्यका लागि युरोपेली युनियनका आयुक्त स्टिला काइरियाकिड्सले विश्वको जनसङ्ख्यामध्ये आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको र यसलाई बढाउन अझै कोसिस गर्नुपर्ने बताएको समाचार संस्था एएनआईले जनाएको छ ।
उनले कोरोनाविरुद्धको खोपको लागि अझै विश्वव्यापी अभियान जरुरी रहेको पनि बताए । युरोपेली युनियनले विश्वभरका एक सय ६५ देशलाई एक अर्ब ७० करोड मात्रा खोप उपलब्ध गराएको बताउँदै आयुक्त काइरियाकिड्सले यो मात्रा अझै पर्याप्त नभएको र थप पहल जरुरी रहेको उल्लेख गरेका छन् ।
खोप लगाउनेको सङ्ख्या निकै कम रहेको अफ्रिकामा युरोपेली युनियनले खोपको प्याकेज उपलब्ध गराउन लागेको जानकारी दिँदै उनले युरोपेली देशहरुले कोभ्याक्स सुविधालाई अझै बढाउन सबैलाई आग्रह गरेका छन् । गत डिसेम्बरमा युरोपियन युनियनले आउँदो जुन महिनासम्म विश्वका ७० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने लक्ष्य लिएको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #कोरोनाविरुद्धको पूर्ण मात्रा खोप
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्