विश्वमा कुल जनसङ्ख्याको आधा मानिसले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं । विश्वको कुल जनसङ्ख्याको आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य र खाद्यका लागि युरोपेली युनियनका आयुक्त स्टिला काइरियाकिड्सले विश्वको जनसङ्ख्यामध्ये आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको र यसलाई बढाउन अझै कोसिस गर्नुपर्ने बताएको समाचार संस्था एएनआईले जनाएको छ ।
उनले कोरोनाविरुद्धको खोपको लागि अझै विश्वव्यापी अभियान जरुरी रहेको पनि बताए । युरोपेली युनियनले विश्वभरका एक सय ६५ देशलाई एक अर्ब ७० करोड मात्रा खोप उपलब्ध गराएको बताउँदै आयुक्त काइरियाकिड्सले यो मात्रा अझै पर्याप्त नभएको र थप पहल जरुरी रहेको उल्लेख गरेका छन् ।
खोप लगाउनेको सङ्ख्या निकै कम रहेको अफ्रिकामा युरोपेली युनियनले खोपको प्याकेज उपलब्ध गराउन लागेको जानकारी दिँदै उनले युरोपेली देशहरुले कोभ्याक्स सुविधालाई अझै बढाउन सबैलाई आग्रह गरेका छन् । गत डिसेम्बरमा युरोपियन युनियनले आउँदो जुन महिनासम्म विश्वका ७० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने लक्ष्य लिएको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #कोरोनाविरुद्धको पूर्ण मात्रा खोप
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्