Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

एमाले सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप, होटलमै सांसद र महिलाबीच चर्काचर्की


काठमाडौं । नेकपा एमालेका सांसद मोहन बाँनियामाथि बलात्कारको आरोप लागेको छ । जबरजस्ती करणीको आरोप लगाउँदै मुगुका सांसद बानियाँविरुद्ध जुम्लाकी एक महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेकी हुन् । पूर्वमन्त्री तथा एमाले नेता बानियाँले आफूलाई बलात्कार गरेको आरोप लगाउने महिला जुम्लाकी माओवादी कार्यकर्ता तथा सरकारी स्कूलकी शिक्षिका हुन् ।

जाहेरीमा महिलाले बानियाँले आफूलाई दुई पटक कण्डम लगाएर जबर्जस्ती यौनसम्बन्ध राखेको उल्लेख गरेकी छन् । केही दिनअघि मुगुका सांसद बानियाँ र ती महिला नेपालगञ्जको अप्सरा होटलमा बसेका थिए । बानिया संसद चल्ने भएपछि काठमाडौं उडेको तथा ती महिला जुम्ला जाने टिकट भए पनि मौसमको खराबीले रोकिएको बताइएको छ । उनीहरूबीच लामो समयदेखि नजिकको सम्बन्ध रहेको एक नेताले जानकारी दिए ।

नेपालगञ्जमा समेत घर भएका सांसद बानियाँको ती महिलासँग लेनदेनको विवाद भएको समेत देखिएको छ । होटलमा बस्दा बानियाँले महिलालाई २५ लाखको चेक दिएका थिए । तर, हिँड्ने बेला चेक नसाटिने भन्दै खोसेर आफैंले लगेको समेत बताइएको छ । सांसद बानियाँले भने राजनीतिक प्रतिशोध साँध्न महिलालाई प्रयोग गरिएको जिकिर गरेका छन् ।

सांसद बानियाँ केपी ओली नेतृत्वको अघिल्लो सरकारमा छोटो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्नेगरी मन्त्री नियुक्त भएका थिए । निर्वाचन आचारसंहिता लागू भएको भन्दै सर्वोच्चले मन्त्रिपरिषद् विस्तारको निर्णय उल्टाएपछि केही दिनमै उनी पदमुक्त भएका थिए । जाहेरी परेसँगै सांसद बानियाँमाथि अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जुम्लाकी माओवादी कार्यकर्ता, #सांसद मोहन बाँनिया, #स्कूलकी शिक्षिका

तपाईको कमेन्ट लेख्नुहोस्