एमाले सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप, होटलमै सांसद र महिलाबीच चर्काचर्की
काठमाडौं । नेकपा एमालेका सांसद मोहन बाँनियामाथि बलात्कारको आरोप लागेको छ । जबरजस्ती करणीको आरोप लगाउँदै मुगुका सांसद बानियाँविरुद्ध जुम्लाकी एक महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेकी हुन् । पूर्वमन्त्री तथा एमाले नेता बानियाँले आफूलाई बलात्कार गरेको आरोप लगाउने महिला जुम्लाकी माओवादी कार्यकर्ता तथा सरकारी स्कूलकी शिक्षिका हुन् ।
जाहेरीमा महिलाले बानियाँले आफूलाई दुई पटक कण्डम लगाएर जबर्जस्ती यौनसम्बन्ध राखेको उल्लेख गरेकी छन् । केही दिनअघि मुगुका सांसद बानियाँ र ती महिला नेपालगञ्जको अप्सरा होटलमा बसेका थिए । बानिया संसद चल्ने भएपछि काठमाडौं उडेको तथा ती महिला जुम्ला जाने टिकट भए पनि मौसमको खराबीले रोकिएको बताइएको छ । उनीहरूबीच लामो समयदेखि नजिकको सम्बन्ध रहेको एक नेताले जानकारी दिए ।
नेपालगञ्जमा समेत घर भएका सांसद बानियाँको ती महिलासँग लेनदेनको विवाद भएको समेत देखिएको छ । होटलमा बस्दा बानियाँले महिलालाई २५ लाखको चेक दिएका थिए । तर, हिँड्ने बेला चेक नसाटिने भन्दै खोसेर आफैंले लगेको समेत बताइएको छ । सांसद बानियाँले भने राजनीतिक प्रतिशोध साँध्न महिलालाई प्रयोग गरिएको जिकिर गरेका छन् ।
सांसद बानियाँ केपी ओली नेतृत्वको अघिल्लो सरकारमा छोटो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्नेगरी मन्त्री नियुक्त भएका थिए । निर्वाचन आचारसंहिता लागू भएको भन्दै सर्वोच्चले मन्त्रिपरिषद् विस्तारको निर्णय उल्टाएपछि केही दिनमै उनी पदमुक्त भएका थिए । जाहेरी परेसँगै सांसद बानियाँमाथि अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जुम्लाकी माओवादी कार्यकर्ता, #सांसद मोहन बाँनिया, #स्कूलकी शिक्षिका
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्