प्रेम आलेले दिए ६ वटा क्यासिनोलाई अनुमति,३० वटा होटलले पाए क्यासिनो सञ्चालनको अनुमति
काठमाडौं । नेपालका विभिन्न ३० वटा होटलले क्यासिनो सञ्चालनको अनुमति पाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ६ वटा क्यासिनोलाई अनुमति दिएका छन भने बाँकी क्यासिनो यस अघिका सरकारले अनुमति दिएको थियो । काठमाडौं विभिन्न ९ वटा पाँचतारे होटल, उपत्यका बाहिरको दुई वटासहित ११ वटा पाँचतारे होटलमा क्यासिनोले सञ्चालन अनुमति पाएका छन भने १९ वटा होटलमा मिनी क्यासिनो सञ्चालनको अनुमति पाएको पनि पर्यटन विभागको जानकारी दिएको छ ।
क्यासिनोको इजाजतले एउटा होटलमा मात्रै सञ्चालन गर्न पाइन्छ भने आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट खेलाइने खेल (मिनी क्यासिनो) ले भने एउटै इजाजतले ४ वटा होटलसम्ममा सञ्चालन गर्न पाउँछन । क्यासिनो नियमावली २०७० आउनु अगाडि नै अनुमति पाएका तीन वटा मिनी क्यासिनो (सेन्ट्रल मिडिया, रक इन्टरनेशनल र ह्याप्पी आवरले) एउटै इजाजतबाट ४ वटा होटलमा मिनी क्यासिनो सञ्चालन इजाजत पाएका छन ।
नियमावली पछि अनुमति लिनेको हकमा भने एउटा इजाजतबाट एउटै मात्र होटलमा क्यासिनो सञ्चालन गर्न पाइने व्यवस्था क्यासिनो नियमावलीमा छ । क्यासिनोलाई दिएको इजाजत र नवीकरण वापत पर्यटन विभागले चालू आवको ६ महिनामा नै ६५ करोड रुपैयाँ राजस्व समेत संकलन गरेको छ । पर्यटन विभागले चालू आवको ६ महिनासम्मा क्यासिनोका लागि जारी गरेको इजाजतको विवरण सार्वजनिक गरेको छ । यस्तो विवरण अनुसार चालू आवमा होटल मेची क्राउन झापालाई मात्रै क्यासिनोको इजाजत दिएको छ भने उपत्यका बाहिरका विभिन्न ६ वटा होटललाई मिनी क्यासिनो सञ्चालनको इजाजत दिइएको छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #३० वटा होटल, #क्यासिनो सञ्चालन, #मन्त्री प्रेम आले
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्