बाइडनको चेतावनीः जर्मनीसम्म पुगेको रुसी ग्याँस पाइपलाइन बन्द गरिन्छ
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले यदि रुसले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म पुर्याइएको ग्याँस पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन् । जर्मनीका चान्सलर ओलाफ सोल्जसँग वाशिङ्गटनमा आयोजित भेटवार्तापछि पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडनले रुसबाट जर्मनीसम्म जोडिएको ग्याँस पाइपलाइन ‘नोर्ड स्ट्रीम–२’ लाई अन्त्य गरिदिने बताएको बीबीसीले जनाएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेपछि अमेरिका र जर्मन सरकार प्रमुखबीच छलफल भएको हो । रुस–युक्रेन तनावकाबीच जर्मनीले दिएको एक अभिव्यक्ति विवादित भएपछि शोल्जले अमेरिकी राष्ट्रपति बाइडनसँग भेटवार्ता गरेका थिए । ‘नोर्ड स्ट्रीम–२’ प्राकृतिक ग्याँस पाइपलाइन बाल्टिक सागरको मुनिबाट रुसबाट जर्मनीसम्म पुगेको छ ।
अमेरिका र जर्मनीका साझेदार युरोपेली देशहरु सुरुदेखि नै यो ग्याँस पाइपलाइनको विरोधमा छन् । किनभने युरोपका देशहरुमा रुसी ग्याँस पाइपलाइनप्रति निर्भरता बढ्ने र कुनै विषयमा विवाद भएमा रुसले आफ्नो फाइदाका लागि यसलाई हतियारको रुपमा प्रयोग गर्न सक्ने उनीहरुको आशंका छ । त्यसैले यो ग्याँस पाइपलाइन खारेज गर्न अमेरिकालगायत देशहरुले यसअघि जर्मनीकी चान्सलर एन्गेला मर्केलसँग छलफलसमेत गरेका थिए ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #अमेरिकी राष्ट्रपति जो बाइडेन, #रुसी राष्ट्रपति भ्लादिमिर पुटिन
ताजा खबर
- १सन्तान र जीवनसाथी गुमाएको पीडा सुनाउँदै प्रचण्डले भने, ‘मलाई खलनायक बन्ने छुट छैन’
- २पशुपति माविमा मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’
- ३कांग्रेस मुसिकोटको बैठकः घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिइने
- ४अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल
- ५रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?



तपाईको कमेन्ट लेख्नुहोस्