मुर्ती चोरदेखि गैरसांसदसम्म कर्णालीमा मन्त्री,सत्ता जोगाउन जीवनबहादुर शाहीको बाध्यता
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको तीन महिनापछि आइतबार कर्णाली सरकारले पूर्णता पाएको छ। लामो समयदेखि रिक्त पाँच मन्त्रालयमा मन्त्री नियुक्त भएसँगै आठ सदस्यीय कर्णाली मन्त्रिपरिषदले पूर्णता पाएको हो। नव नियुक्त पाँचै जना मन्त्रीले पद तथा गोपनियताको शपथ पनि लिएका छन्। उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथ खुवाएका थिए । मुख्यमन्त्री जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट दुई \दुई तथा नेकपा एकीकृत समाजवादीबाट थप एक जनालाई मन्त्री नियुक्त गरे ।
कांग्रेसबाट हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र यज्ञबहादुर बुढाक्षेत्री सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्। यस्तै नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा र कार्चेन लामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बने । नेकपा एकीकृत समाजवादीबाट पदम रोकायालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा नियुक्त गरिएको छ। कांग्रेसबाट मुख्यमन्त्री शाहीसहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन्।
लामा मूर्ति चोरेको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेका व्यक्ति भएकाले तिब्र बिरोध हुँदै आएको थियो । उनले चीनको ताक्लाकोटमा रहेको गुम्बाको मूर्ति चोरी गरेको आरोपमा सजाय पाएका थिए। झण्डै १२ सय वर्ष पुरानो प्राचीन मूर्ति चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा मुद्दा अदालतमा दर्ता गरेको थियो। त्यसको दुई वर्षपछि २०५१ मंसिर २५ गते तत्कालीन जिल्ला न्यायाधीश निलकण्ठ उपाध्यायको इजलासले लामालार्ई दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। लामा हाल सांसद समेत छैनन्। माओवादी कर्णाली प्रदेशसभा दलभित्रै उनलाई मन्त्री बनाउन हुँदैन भनेर विवाद भइरहेको छ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कर्णालीमा मन्त्री, #मुर्ती चोर
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्