करोडौं भाडा नतिर्ने मारवाडी समितिलाई मन्त्री प्रेम आलेले पाँच महिनाको तलव दिने
काठमाडौं । पशुपतिको जग्गा भाडामा लिएर बर्षोसम्म भाडा नतिर्ने समिति हो मारवाडी समिति । गौशालाको चोकमै रहेको गौशाला धर्मशालाको मासिक करोडौ भाडा उठाउने तर, भाडा नतिर्ने मारवाडी समितिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो पाँच महिनाको तलब दिने घोषणा गरेका छन्। गौशाला चोकमै रहेको नौ रोपनी नौ आना जग्गामा बनेका भवनबाट पशुपति क्षेत्र विकास कोषले मासिक चार हजार दुई सय ५० रुपैयाँ मात्रै भाडा पाएको, त्यही सम्पत्तिबाट मारवाडी सेवा समितिले मासिक ५० लाख भन्दा बढी आम्दानी गरिरहेको छ ।
मासिक कम्तीमा पनि ५० लाख आम्दानी हुने गौशाला धर्मशालाबाट १८ वर्षदेखि पशुपति क्षेत्र विकास कोषले महिनाको चार हजार २५० रुपैयाँ मात्रै पाउँदै आएको छ । आफूलाई पशुपति क्षेत्रको मोही भएको स्वघोषणा गर्ने मारवाडी सेवा समितिले मोही दर्ता प्रमाण पूर्जाका लागि बर्षौदेखी दौडधुप गर्दै आएपनि सफल हुन सकेको छैन । पशुपति गौशाला धर्मशालाको ९ रोपनी ९ आना जग्गा कब्जा गर्न मारवाडी सेवा समिति नक्कली मोही बन्न खोजेको छ । मारवाडी सेवा समितिको सेटिङ यति बलियो छ कि सम्झौता रद्द गर्न संसदीय समिति, अख्तियार, सतर्कता केन्द्र र महालेखाले दिएका निर्देशन समेत कार्यान्वयन हुन सकेको छैन । विगत १८ वर्षदेखी राज्यको सम्पत्ति यसरी दोहन भइरहदा समेत वसन्त चौधरीपछिका सबै सदस्य सचिवहरु तै चुप मै चुप देखिएका छन् ।
आखिर २०६० साल जेठ नौँ गते पशुपति क्षेत्र विकास कोष र मारवडी सेवा समितिबीच भएको सम्झौतामा के–के उल्लेख गरिएको छ त ? २०५८ साल पुस २३ गतेको समझदारीका आधारमा नयाँ सम्झौता गरिएको भेटिएको छ । सम्झौतापत्रमा वार्षिक ५१ हजार सहयोगस्वरूप मारवारी सेवा समितिले कोषलाई दिने उल्लेख छ, भाडा कति भन्ने समेत खुलाइएको छैन । सहयोग रकम दुई पक्षको सहमतिमा संशोधन गर्न सकिने सर्त राखिएको भएपनि १८ वर्षपछिका कुनै पनि सदस्य सचिवले मासिक भाडा बढाउन पहल गरेका छैनन ।
धर्मशालाले आर्थिक वर्ष ०७५/७६ मा मात्रै चार करोड ४५ लाख आम्दानी गरेको वार्षिक प्रतिवेदनमार्फत खुलेको छ । तर मारवणि सेवा समितिले सरकारी सम्पत्तिमाथी गर्दै आएको मनोमानीमा यति लामो समयसम्म सबै तै चुप मै चुप जस्तै छन् । धर्मशालामा पुग्नेहरुले सेवा सुविधा कम फोहोरमैला र महंगीको मार बढी खेप्नु परिरहेको छ । यसबारे समेत पशुपति क्षेत्र विकास कोष बेखरब जस्तै छ । तर, शनिबार मारवाडी सेवा समिति नेपालले आफ्नो ६९ औँ स्थापना दिवसका अवसरमा पशुपति धर्मशाला गौशालामा आयोजना गरेको निःशूल्क कृत्रिम खुट्टा वितरण कार्यक्रममा मन्त्री आलेले पाँच महिनाको तलव दिने घोषणा गरेका छन् ।
त्यतिमात्रै होइन मन्त्री आलेले मारवाडी सेवा समितिले नेपाली दुःखी, गरिब नागरिकको सेवामा अमूल्य सहयोग गर्दै आएको र उक्त सेवामा थप बिस्तार तथा सहयोग पुगोस् भन्नका लागि आफूले मन्त्रीका हैसियतले पाउने पाँच महिनाको तलब दिने जिकिर गरे । उनले भने, मारवाडी सेवा समितिले गर्दै आएको काम र सहयोग मलाई अति नै मनपरेको छ, उक्त सेवामा थप सहयोग पुगोस् भन्ने हेतुले म आफ्नो पाँच महिनाको तलब दिने छु, सोमबार सम्म उक्त रकमको चेक हस्तान्तरण गर्ने छु। तर, मन्त्रीलाई भाडा नबुझाएको थाहा हुँदा हुँदै मारवाडी समितिलाई कुनै पनि कुरा बताएनन् । आफै अनुगमनमा गएर बद्मासी गरेको बताउने मन्त्री आलेले दोहोरो चरित्र देखाएको भन्दै आलोचना भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #धर्मशालाको मासिक करोडौ भाडा, #मारवाडी समिति
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्