सेनाको कारवाहीमा आईएस नेता अबु इब्राहिम मारिएको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी
काठमाडौं । अमेरिकाले विशेष फौजले कारबाहीका सिरियामा इस्लामिक स्टेट (आईएस) नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरैशी मारिएको पुष्टि गरेको छ।राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी सेनाको विशेष अप्रेशनमा आईएस नेता अबु इब्राहिमलाई मारेको पुष्टि गरेका हुन्। सन् २०१९ मा आईएस नेता अबु बकर अल बग्दादी मारिएपछि अमेरिकाले गरेको यो सबैभन्दा ठूलो हमला हो ।
अमेरिकी सेनाले छापा मार्ने क्रममा र पछि भएको झडपमा कम्तिमा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा छ बालबालिका र चार महिला रहेको बीबीसीले जनाएको छ। टर्कीको सीमा नजिकै उत्तरपश्चिम सिरियाली शहर अटमेहको एउटा भवनलाई लक्षित कारवाहीमा उनीहरू मारिएका हुन्। सो भवनमा दशक लामो युद्धबाट विस्थापित हजारौं मानिसहरू बस्दै आएको बताइएको छ। साथै उक्त क्षेत्र अल कायदासँग सम्बन्धित विदेशी जिहादीहरूको पकड क्षेत्र मानिन्छ।
रातभर गरिएको सो कारबाहीमा भवनहरू क्षतिग्रस्त भएका छन्। आईएसका नेता अबु बकर अल–बग्दादी अक्टोबर २०१९ मा मारिएपछि उत्तर–पश्चिम सिरियामा भएको यो अमेरिकी कारबाही सबैभन्दा ठूलो भएको बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन संस्था, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स बताएको छ। वर्षौंदेखि, अमेरिकी सेनाले उत्तरी सिरियामा अल–कायदाका नेताहरूलाई परास्त गर्न ड्रोन आक्रमण जारी राखेको छ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अबु इब्राहिम अल–हाशिमी अल–कुरैशी, #इस्लामिक स्टेट
ताजा खबर
- १सन्तान र जीवनसाथी गुमाएको पीडा सुनाउँदै प्रचण्डले भने, ‘मलाई खलनायक बन्ने छुट छैन’
- २पशुपति माविमा मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’
- ३कांग्रेस मुसिकोटको बैठकः घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिइने
- ४अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल
- ५रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?



तपाईको कमेन्ट लेख्नुहोस्