एमसीसी पास गर्नुपर्ने भन्दै मध्यरातमा डाक्टर बाबुराम भट्टराईको ट्वीट
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्नुपर्ने बताएका छन्। मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डाक्टर भट्टराईले सबैले यस विषयमा जनतालाई बुझाउनुपर्ने उल्लेख गरेका छन्। यहि बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुने उनको जोड छ।
गठबन्धनभित्र नेपाली कांग्रेस र जसपा एमसिसी पास गर्नुपर्ने पक्षमा रहे पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने यहि अवस्थामा पास गर्न नहुने पक्षमा छन । एमसिसी परियोजना नलिए देश थप कंगाल बन्ने र शक्ति केन्द्रको चलखेलबाट देश बर्बाद बन्न सक्ने संकेत भट्टराईले गरेका छन्।
‘यो प्रकरण नेपालका रुढिवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस्, भट्टराईले लेखेका छन, ‘देश थप कंगाल बनेर जनसंख्या अरु नघटोस्, शक्ति केन्द्रहरुको चलखेलबाट देश बर्बाद नहोस्।’ अहिले सत्तारुढ दलबीचएमसिसीबारे बहस उत्कर्षमा पुगे पनि ठोस सहमति बनि नसकेकाले संसद बैठक थप १० दिन पछाडि सारिएको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डाक्टर बाबुराम भट्टराई
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्