एमसीसी पास गर्नुपर्ने भन्दै मध्यरातमा डाक्टर बाबुराम भट्टराईको ट्वीट
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्नुपर्ने बताएका छन्। मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डाक्टर भट्टराईले सबैले यस विषयमा जनतालाई बुझाउनुपर्ने उल्लेख गरेका छन्। यहि बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुने उनको जोड छ।
गठबन्धनभित्र नेपाली कांग्रेस र जसपा एमसिसी पास गर्नुपर्ने पक्षमा रहे पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने यहि अवस्थामा पास गर्न नहुने पक्षमा छन । एमसिसी परियोजना नलिए देश थप कंगाल बन्ने र शक्ति केन्द्रको चलखेलबाट देश बर्बाद बन्न सक्ने संकेत भट्टराईले गरेका छन्।
‘यो प्रकरण नेपालका रुढिवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस्, भट्टराईले लेखेका छन, ‘देश थप कंगाल बनेर जनसंख्या अरु नघटोस्, शक्ति केन्द्रहरुको चलखेलबाट देश बर्बाद नहोस्।’ अहिले सत्तारुढ दलबीचएमसिसीबारे बहस उत्कर्षमा पुगे पनि ठोस सहमति बनि नसकेकाले संसद बैठक थप १० दिन पछाडि सारिएको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डाक्टर बाबुराम भट्टराई
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्