बागमतीका यातायात मन्त्रीसँग बिचौलियाको बार्गेनिङ,१५ सय मागे घुष,मन्त्री परे छक्क
काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल । मन्त्री दाहाल बिहिवार एकान्तकुनास्थित यातायात कार्यलयको अनुगमनमा पुग्दा सेवाग्राहीले आक्रोश पोखे । मन्त्री दाहाल, सचिव सहित दलबलका साथ यातायात कार्यालयमा पुग्दा बिचौलियाको विगिविगी देख्ने कुरै भएन । तर, पनि मन्त्री दाहालले यातायातका प्रमुख र कर्मचारीलाई निर्देशन दिदै थिए बिचौलिया निषेध गर्नु भन्दै । कर्मचारी भने के कम अभावै अभावमा काम गर्नुपरेको बाध्यता सुनाए ।
कार्यालयका विभिन्न फाँटमा प्रवेश गदै अनुगमन गरेका मन्त्रीले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरू अघि बढाउनुपर्ने भएकोले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक काममा मात्रै नभई कानुनी कामलाई पनि अघि बढाएर लैजाने बताए । मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए ।
कार्यालयका कर्मचारीविच कुराकानी चलिरहा मन्त्री दाहाललाई यातायातको सेवा लिन अहिले पनि विचौलियाहरु कायम रहेको जानकारी रहेछ । उनीले पनि बिगतमा हैटौडा यातायात कार्यालयमा आफनो लाईसेन्स नवीकरण गर्न जादा ५०० रुपैयाँ दिएर विचौलीया मार्फत काम गराएको कथा सुनाए । मन्त्री दाहाल यतिमा मात्र रोकीदिैनन उनले एकान्तकुना स्थित यातायात कार्यलयका प्रमुखलाई सेवाग्राहीले अहिले पनि कार्यालयको सेवा लिन तोकेको भन्दा बढी दस्तुर तिर्न परिरहेको र यो अवस्था कर्मचारीहरु बाटै सिर्जना भएको गुनासो प्रदेश मन्त्रालयमा बारम्बार आएकोले तत्काल सुधार गर्न कार्यालयमा प्रमुख भटराईलाई सचेत समेत गराए ।
एकान्तकुनास्थित अनुगमनमा आफु पुग्दा विचौलीयाहरुले तपाई लाईनमा बस्नु पदैन १५ सय रुपैया दिनुहोस भनेको समेत मन्त्रीले गुनासो गरे । एकान्तकुनास्थित यातायात कार्यालयमा मन्त्रीको यो कुनै पहिलो अनुगमन होईन सघिय सरकारका मन्त्री देखि प्रदेश सरकारका मन्त्रीहरुले धेरैपटक अनुगमन गरिसकेका छन् । तर, जति अनुगमन गरेर सुधारका लागि निर्देशन दिएपनि कहिल्यै नसुधीएको कार्यालय एकान्तकुना नै हो ।
नयाँ लाईसेन्सको आवेदनमा देखिएको समस्या, प्रयोगात्मक परिक्षा ट्रायलमा सेवाग्राहीले पाउदै आएको सास्ती र त्यस भित्र भईरहेको लुटतन्त्र, स्मार्ट कार्ड वितरणमा भईरहेको ढिलासुस्ती, यातायात कार्यालयहरुको सवटवेयरमा बारम्बार आईरहने समस्या, ट्रायलको जिम्मा निजिक्षेत्र लाई दिदा हुने आर्थिक चलखेल लगायतका सेवाग्राहीसग जोडीएका प्रत्यक्ष सेवामा भने मन्त्री दाहालले चासो नै दिएनन् । चर्चामा आउन गरिएका अनुगमनले यातायात क्षेत्र कहिल्यै सुध्रिदैन । यातायात क्षेत्रमा थुप्रै बेथिति छन् । तर, सुधारमा कसैको ध्यान गएको छैन् । उपत्यकामा चार–चार ठाउँमा यातायात कार्यालय बिस्तार गर्नुको उदेश्य के थियो ? के त्यो उदेश्य पुरा भयो वा विचौलियाहरुलाई मात्र फाईदा भयो ? यसको सोधीखोजी गर्ने या नगर्ने मन्त्री ज्यू ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मन्त्री घनश्याम दाहाल, #विचौलीया मार्फत काम
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्